महिला तथा उद्यमी लक्षित ठूलो डटकमको अनलाइन व्यापार प्रदेश १ मा सुरु – Nepal Press

महिला तथा उद्यमी लक्षित ठूलो डटकमको अनलाइन व्यापार प्रदेश १ मा सुरु

विराटनगर । प्रदेश १ मा ठूलो डकटमले अनलाइन व्यापार सुरु गरेको छ । महिला तथा उद्यमीलाई लक्षित गरी अनलाइन व्यापार प्रवर्द्धन तथा बजारीकरणको काम सुरु गरेको हो ।

कम्पनीका सिओओ फाउण्डर सुरक्षा अधिकारीले ठूलो डटकम (ईकमर्श टेक्नोलोजी) विद्युतिय व्यापार प्रविधि कम्पनी भएको जानकारी दिइन् ।

उनले इतिहास बोकेको ठूलो डटकम २००५ देखि नै सुरु भएको र सन् २०१६ बाट देशभरी नै निरन्तर रुपमा साना मझौला तथा ठूला उद्योग व्यवसायहरुलाई सूचना प्रविधिसँग आबद्ध गराउने काम गरेको सुनाइन् ।

‘निरन्तररुपमा देशभरिका साना, मझौला तथा ठूला उद्योग व्यवसायहरुलाई सूचना प्रविधिसँग आवद्ध गराई रहेका छौँ’, उनले भनिन्, ‘डिजिटल प्रविधिको माध्यमद्वारा ति व्यवसायहरुको व्यावसायीकरण, बजारीकरण र सबलीकरणमा ठूलो डटकमले टेवा पुर्याउँदै आएको छ ।’

ठूलो डटकमको प्रधान कार्यालय वागमती प्रदेशको ललितपुर जिल्लामा रहेको भएपनि यस वर्षदेखि नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश न १, प्रदेश लघु उद्यम महासंघ नेपाललगायत अन्य संघ संस्थाको सहकार्यमा प्रदेश नं. १ मा डिजिटल साक्षरता तथा इ–कमर्स सम्बन्धि कार्यक्रमहरु सुरु गरेको हो ।

प्रदेश नं. १ भित्र विशेषगरी विराटनगर, झापा, इटहरी, उदयपुर, धनकुटा, तेरथुम र पथरीमा डिजिटल साक्षरता तथा इ–कमर्स सम्बन्धी तालिम संचालन गरेको प्रमुख कार्यकारी निर्देशक राजाराम नेपालले जानकारी दिए ।

महानगरपालिका, उप महानगरपालिका, नगरपालिका लगायत अरु ठाउंका पनि उद्यमीहरुलाई ठुलो डटकम ईकमर्श प्लाटफर्ममा अनलाईन पसल खोलेर समान बिक्री तथा वितरण गर्ने सेवा प्रदान गरिएको छ, उनले भने, उद्यमीहरुको व्यवसायको ब्राण्डिङमा पनि सेवा प्रदान गर्दै आएको छ ।’

करिब छ महिनाको समयमा १ हजार २ सय भन्दा बडी उद्यमी तथा व्यावसायिहरुलाइ डिजिटल रूपान्तरण गर्न सफल भएको दाबी कम्पनीको छ । विशेषगरि महिला उद्यमीलाई प्रथामिकमताका साथ सेवा दिदै आएकोल यसलार्य निरन्तरता दिईने जनाईएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर