ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनबाट थप २ सय मेवागाट विद्युत आयात-निर्यात हुने – Nepal Press

ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनबाट थप २ सय मेवागाट विद्युत आयात-निर्यात हुने

काठमाडौं । पहिलो अन्तर्देशीय नेपाल र भारत ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनबाट २ सय मेगावाट विद्युत आयात निर्यात वृद्धि गर्ने सहमति भएको छ । अहिले ६ सय मेगावाट मात्रै विद्युत आयात निर्यात भइरहेको छ । अब भने ८ सय मेगावाटसम्म विद्युत आयातनिर्यात हुने भएको हो ।

हिजो भारतको राजस्थानमा बसेको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा हाल भइरहेको आयात-निर्यातको क्षमता २ सयले वृद्धि गरेर ८ सय मेगावट बनाउने सहमति भएको हो ।

नयाँ बुटवल-गोरखपुर ४ सय केभी प्रसारण लाइनअन्तर्गत भारतीय खण्डको निर्माण सन् २०२५ मार्चमा सक्ने पनि सहमति भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *