बलुन भनेर महिलाले फुटाइन् ५५ लाखको प्रतिमा (भिडिओ)
काठमाडौं । धेरै जसो कला प्रदर्शनीमा हामीले ‘प्लिज डन्ट टच’ अर्थात कृपया नछुनुहोला भन्ने सूचनासहितका कलाकृतिहरु प्रदर्शनमा राखेको देख्न सक्छौं ।
वस्तुको संवेदनशीलतालाई मध्यनजर गर्दै उक्त सुचना टाँस्ने गरिन्छ । यद्यपी जुन वस्तुलाई नछुनुहोला, नचलाउनु होला भनेर सूचना टाँसिएको हुन्छ त्यही वस्तुलाई छुन वा चलाउन धेरै मानिसलाई हुटहुटी जाग्ने गर्छ ।
कहिलेकाहीँ सोही हुटहुटीले ठूलो क्षति पुग्न सक्छ । नछुनुहोला भनेर सूचना टाँसिएको कला कृतिलाई छुने र बुझ्ने एक महिलाको हुटहुटीले ५५ लाख भन्दा बढी मुल्य पर्ने एक कुकुरको प्रतिमा चक्नाचुर भएको छ । घटना अमेरिकाको मायमीमा आयोजित आर्ट विनवुड प्रदर्शनीको हो ।
Enough to give you an art attack! Collector shatters $42,000 Jeff Koons dog sculpture at Miami art fair after she tapped it to see if it was a BALLOON and knocked it off stand. https://t.co/TjF9UhbqJZ pic.twitter.com/vS3YDd5N57
— Molly Ploofkins™ (@Mollyploofkins) February 18, 2023
‘उक्त प्रदर्शनीमा जेफ कुन्सको बलुन डग नामक कृति प्रदर्शनीमा राखिएको थियो । झट्ट हेर्दा बलुनले निर्माण गरिएको जस्तो लाग्ने उक्त कृतिलाई देखेपछि एक महिलाले सो कृतिलाई छोएर बलुन हो कि होइन भनेर निश्चित गर्न मन लाग्यो र सोही क्रममा ५५ लाख ६१ हजार ८४१ मुल्यको सो कृति चक्नाचुर भयो ।’
प्रतक्षदर्शी स्टेफन ग्र्यामसनलाई उध्र्दृत गर्दै अन्तर्राष्टिय संचार माध्यमहरुले जनाएका छन् । चक्नाचुर भएको उक्त प्रतिमाको भिडिओ हाल सामाजिक संजालमा सार्वजनिक समेत भएको छ ।