नेकपा एसका नेता-कार्यकर्ताले आजै किन पढे कम्युनिष्ट घोषणापत्र ? (भिडिओ) – Nepal Press

नेकपा एसका नेता-कार्यकर्ताले आजै किन पढे कम्युनिष्ट घोषणापत्र ? (भिडिओ)

काठमाडौं । कम्युनिष्ट घोषणापत्र लेखिएको १७५ वर्ष पुगेको अवसरमा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा घोषणापत्र पठन कार्यक्रम आयोजना गरिएको छ ।

अखिल नेपाल महिला संघ (समाजवादी) अन्तर्गतको केन्द्रीय कानून विभागले कार्यक्रम आयोजना गरेको हो । केन्द्रीय कानून आयोगकी संयोजक करुणा पराजुलीले कम्युनिष्ट घोषणापत्रको जानकारी र सान्दर्भिकतालाई सम्मान गर्दै कार्यक्रम आयोजना गरिएको बताइन् ।

कार्यक्रममा नेकपा एसका विभिन्न नेता-कार्यकर्ताहरुले आफूलाई सबैभन्दा मन परेको कम्युनिष्ट घोषणापत्रको हरफ पढेर सुनाएका थिए । आजकै दिन (फेब्रुअरी २१) मा सन् १८४८ मा जर्मन भाषामा कम्युनिष्ट घोषणापत्र लेखिएको थियो । दुई दार्शनिक कार्ल मार्क्स र फेडरिक एङ्गेल्सले संयुक्त रूपमा उक्त घोषणापत्र बेलायतबाट विश्वसामु प्रस्तुत गरेका थिए ।

सोही घोषणालाई आदर्श मानेर अहिले विश्वभर कम्युनिष्ट पार्टीहरु स्थापना भएका छन् । सन् २०१३ मा कम्युनिष्ट घोषणालाई संयुक्त राष्ट्रसंघको निकाय युनेस्कोले ‘मेमोरी अफ द वर्ल्ड प्रोग्राम’को रूपमा दर्ता गरेको थियो । कम्युनिष्ट घोषणापत्रले वर्ग संघर्षको पक्ष र पूँजीवाद तथा विभेदको विपक्षमा आफ्नो धारणा प्रस्तुत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर