चर्को व्याजदरविरुद्ध धनगढीका व्यवसायी पनि आन्दोलित – Nepal Press

चर्को व्याजदरविरुद्ध धनगढीका व्यवसायी पनि आन्दोलित

कैलाली । बैंक तथा वित्तीय संस्थाले चर्को व्याजदर लिएको भन्दै धनगढीका व्यवसायी आन्दोलित भएका छन् । कैलाली उद्योग वाणिज्य संघको अगुवाइमा उनीहरूले चर्को व्याजदरविरुद्ध प्रदर्शन गरेका हुन् । आन्दोलनको क्रममा तत्काल व्याजदर घटाउन माग गरिएको छ ।

धनगढी चौराहादेखि पार्क मोडसम्म निकालिएको विरोध र्‍यालीमा सरकार र नेपाल राष्ट्र बैंकविरुद्ध व्यवसायीले नाराबाजी गरेका थिए ।

एक अंकको व्याजदर कायम हुनुपर्ने, बैंकहरूको आन्तरिक खर्च कटौती गरी स्प्रेड दर ३ प्रतिशत कायम गर्नुपर्ने, सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एलसी गत वर्षकै आधारमा लिनुपर्ने, व्याज बुझाउने म्याद ३५ दिनसम्म राख्नुपर्ने जस्ता माग पनि उनीहरूले गरेका छन् ।

प्रदर्शनमा होटेल व्यवसायी संघ, मदिरा व्यवसायी संघ, इलेक्ट्रोनिक्स डिलर्स एसोसिएसन, नेपाल सुनचाँदी व्यवसायी महासंघलगायतका संघसंस्थाले पनि ऐक्यबद्धता जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *