फागुन १९ मा रिलिज हुने ‘छड्के २’को प्रोमोशनल अडियो एल्बम सार्वजनिक – Nepal Press

फागुन १९ मा रिलिज हुने ‘छड्के २’को प्रोमोशनल अडियो एल्बम सार्वजनिक

काठमाडौं । फागुन १९ मा रिलिज हुने ‘छड्के २’को प्रोमोशनल अडियो एल्बम सार्वजनिक भएको छ । ६ हिप—हप गीत समावेश एल्बमले सिनेमाको कथा र पात्रहरूको मनोभाव र परिस्थिति बोल्छन् ।

एभिलाइभ, रिवटकोबैन, एडविन बिट्सले कम्पोज गरेका गीतमा न्यास्टीले पर्फम गरेका छन् ।

अनमोल केसीको मुख्य भूमिका रहेको सिनेमालाई निगम श्रेष्ठको लेखन तथा निर्देशन गरेका हुन् । बुधवार रिलिज हुने सिनेमाको ट्रेलरलाई लिएर दर्शक व्यग्र प्रतीक्षामा छन् ।

अनमोल पहिलो पटक ग्याङस्टर भूमिकामा देखिएका छन् ।

अनमोलसंगै सिनेमामा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठलगायतका कलाकारहरूको अभिनय छ ।

यस्तै रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी र कुमार घलानले यो सिनेमाबाट अभिनयमा डेब्यु गरेका छन् ।

मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको सिनेमामा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरीरलोकेश बज्राचार्यको सम्पादन छ ।

निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता रहेका छन् । भने कार्यकारी निर्माणमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर