नेपाल खेलकुद महासंघको अध्यक्षमा पर्शुराम बस्नेत निर्वाचित – Nepal Press

नेपाल खेलकुद महासंघको अध्यक्षमा पर्शुराम बस्नेत निर्वाचित

विराटनगर । विराटनगरमा सम्पन्न नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पर्शुराम बस्नेत निर्वाचित भएका छन् ।

सर्वसम्मत रुपमा बस्नेत अध्यक्ष भएका हुन् । फागुन ७ देखि ९ गतेसम्म सञ्चालन भएको महाधिवेशनबाट निवर्तमान संयोजक बस्नेत निर्वाचित हुँदा पदाधिकारी र आयोगका पदाधिकारी भने केही दिनपछि मात्रै टुगो लगाइने भएको छ ।

बस्नेत नेकपा एमाले प्रदेश १ का सचिवालय सदस्य समेतको जिम्मेवारीमा छन् । बन्द सत्रको दौरानमा अर्घाखाँचीका प्रतिनिधि प्रकाश महतको दुर्घटनामा परी निधन भएपछि बन्दसत्रको हलले सर्वसम्मत नेतृत्व चयन गर्न म्याण्डेड दिएको थियो ।

महाधिवेशनले अध्यक्ष बस्नेतसहित १७१ सदस्य केन्द्रीय कमिटी घोषणा गरेको छ । टुंगिन बाँकी रहेका पदहरु फागुन अन्तिम साता बस्ने केन्द्रिय कमिटीको बैठकबाट टुङ्गो लाग्ने बताइएको छ ।

यसैबीच नेकपा एमाले विराटनगर महानगरकमिटीका सचिव रोहित कोइराला, शितल राय र शान्ता डंगोल पनि महासंघको केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर