नेकपा एसको प्रष्टीकरण- हामीलाई कसैले राष्ट्रपतिको प्रस्ताव आएकाे छैन, आए छलफल गरिन्छ
नेपाल प्रेस
२०७९ फागुन १० गते १४:५५
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीका अध्यक्षलाई राष्ट्रपतिको प्रस्ताव कतैबाट नआएको प्रष्ट पारेको छ ।
आज बसेको सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘हामीलाई कसैले राष्ट्रपतिको कुनै प्रस्ताव आएको छैन । त्यो च्याप्टर क्लोज भइसकेको छ । भोलिका दिनमा आए त्यसबारेमा अन्य दलसँग छलफल गर्ने नीति लिएको छ ।’
राष्ट्रपतिमा सकेसम्म राष्ट्रिय सहमतिको पक्षमा उभिने बताए ।
उनले भने, ‘उम्मेदवारहरु राजनीतिक दलबाटै हुनेछन् । हामी पनि एउटा पक्ष हौं। कोहीसँग बहुमत छैन । भएको भए अहिलेको छलफल नै हुँदैनथ्यो । अरु कोही उम्मेदवार भयो भने हाम्रो भोटले जित्दैछ । हाम्रो भयो भने पनि अरुको भोटले जित्ने हो । हाम्रो पार्टी पनि त्यही लाइनमा छ ।’ कांग्रेस, माओवादीसहितको दलहरुसँगको छलफलपछि मात्रै टुंगो लाग्ने बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर