चेक बाउन्सको उजुरीमा ठेकेदार मनोज भेटवाल पक्राउ
नेपाल प्रेस
२०७९ फागुन १० गते १७:०६
काठमाडौं । चेक बाउन्स सम्बन्धी मुद्दामा चर्चित ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले भेटवाललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।
काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले करिब ३ करोड रुपैयाँको चेक बाउन्स मुद्दामा भेट्वाललाई पक्राउ गरिएको बताए । ‘उहाँमाथि अहिले अनुसन्धान भइरहेको छ’, एसएसपी कार्कीले भने ।
काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन भ्यु टावरका ठेकेदार हुन् भेटवाल । यसअघि केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले पनि भेटवाललाई पक्राउ गरी अनुसन्धान गरेको थियो । एपेक्स बैंक घोटालामा उनी तानिएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर