लघुवित्त संस्थाहरुको समस्या समाधान गर्न गम्भीर छौं : अर्थमन्त्री पौडेल (भिडिओ) – Nepal Press

लघुवित्त संस्थाहरुको समस्या समाधान गर्न गम्भीर छौं : अर्थमन्त्री पौडेल (भिडिओ)

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधान गर्न गम्भीर भएर लागेको बताएका छन् ।

वुधबार प्रतिनिधि सभाको बैठकपछि संसद भवन बाहिर सञ्चारकर्मीहरुलाई प्रक्रिया दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले सरकारले लघुवित्तमा देखिएका वर्तमान समस्या समाधानको लागि गम्भीर रुपमा सरोकारवालाहरुसँग छलफल भइरहेको बताए । उनले विभिन्न चरणमा बैठक बसेर केही महत्वपूर्ण निर्णयहरु समेत भइसकेको बताए ।

अर्थमन्त्री पौडेलले लघुवित्तको क्षेत्रमा देखिएका समस्याले लघुवित्तका ऋणीहरु प्रभावित हुने अवस्था आएको भन्दै समस्या समाधानको लागि सम्बन्धित निकायहरुले काम थालनी गरेको बताए । उनले चाँडै लघुवित्तका समस्या समाधान गर्न सरकारको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरे ।

‘लघुवित्तका समस्याको सम्बन्धमा ध्यानाकर्षण भएको मात्रै हाईन । यो विषयमा गम्भीर भएर सरोकारवालाहरुसहित बैठक बसेका छौं । केही मत्वपूर्ण निर्णयहरु पनि गरेका छौं । लघुवित्तको क्षेत्रमा जुन प्रकारको समस्या छ’, उनले भने, ‘लघुवित्तका ऋणीहरु प्रभावित हुने अवस्था आएको छ । त्यसलाई समस्या आउनुको कारणहरु खोजेर त्यसको समाधानको लागि सम्बन्धित निकायहरु लागि सकेका छन् । त्यसका परिणामहरु निरन्तर आउँदैछन् ।’

उनले सरकारका नीतिगत प्राथमिकता र न्युनत साझा कार्यक्रम कार्यान्वयनको लागि मन्त्रालयगत आधारमा कार्ययोजनाहरु अगाडि बढाएको बताए । उनले अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीको समाधान गर्न सरकार केन्द्रित भइरहेको बताए ।

उनले सरकार उत्पादनका सबै क्षेत्र,निजी क्षेत्रका सरोकार र समस्याहरुलाई समाधान गर्ने दिशामा केन्द्रित रहेको बताए । अर्थमन्त्री पौडेलले राजश्व परिचालन,अन्तर्राष्ट्रिय सहयोग परिचालन र पुँजीगत खर्च बढाउनेतर्फ सरकार लागिरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *