५७ लाख नगद र करिब १५ लाखको चेकसहित भारतीय फलफूल व्यवसायी पक्राउ
नेपाल प्रेस
२०७९ फागुन १० गते १७:३१
काठमाडौं । प्रहरीले काठमाडौंको कुलेश्वरबाट ५७ लाख रुपैयाँ नगद र १४ लाख ८० हजार रुपैयाँ बराबरको चेकसहित एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतको हिमान्चल स्थायी घर भई कुलेश्वरमा चामुन्डा फ्रुट सेन्टर सन्चालन गर्ने ४९ वर्षीय विजयकुमार गुप्ता पक्राउ परेका हुन् ।
उनलाई आवश्यक अनुसन्धानका लागि राजस्व छली सम्बन्धी मुद्दामा राजस्व अनुसन्धान विभाग पठाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर