राष्ट्रपतिमा दौडधूप- देउवा निवासबाट बाहिरिए नेकपा एसका नेताहरु
काठमाडौं । नेकपा एकीकृत समाजवादी नेताहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासबाट बाहिरिएका छन् ।
राष्ट्रपति निर्वाचनबारे छलफल गर्न देउवा निवास धुम्बाराही पुगेका अध्यक्ष नेपालसहितका नेताहरु धुम्वाराहीबाट बाहिरिएका हुन् ।
सचिवालय बैठकलगत्तै अध्यक्ष नेपालसहित महासचिव वेदुराम भुसाल, घनश्याम भुसाल र प्रवेश हमाल देउवा नेवास पुगेका थिए ।
बैठकमा कांग्रेसको तर्फबाट सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेताहरु सहभागी थिए ।
नेकपा एसका नेताहरुसँग छलफल गर्नुअघि जसपा अध्यक्ष उपेन्द्र यादव पनि देउवा निवास पुगेका थिए ।
आजै बसेको नेकपा एसको सचिवालय बैठकले राष्ट्रपतिमा प्रस्ताव आए तयार भएको निर्णय गरेको थियो ।