नेकपा एससँगको बैठकपछि कांग्रेस उपसभापति खड्का बालुवाटारमा – Nepal Press

नेकपा एससँगको बैठकपछि कांग्रेस उपसभापति खड्का बालुवाटारमा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा नेकपा एकीकृत समाजवादीका नेताहरुसँग छलफलकै क्रममा उपसभापति पूर्णबहादुर खड्का बालुवाटार पुगेका छन् ।

राष्ट्रपतिबारे छलफल गर्न उपसभापति खड्का प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न बालुवाटार पुगेका हुन् ।

सचिवालय बैठकलगत्तै नेकपा एसका अध्यक्ष माधव नेपालसहित महासचिव वेदुराम भुसाल, घनश्याम भुसाल र प्रवेश हमाल देउवा निवास पुगेका थिए ।

बैठकमा कांग्रेसको तर्फबाट सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेताहरु सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर