अघिअघि वेद, पछिपछि विज्ञान – Nepal Press

अघिअघि वेद, पछिपछि विज्ञान

सन् २०२२ को नोवेल पुरस्कार क्वान्टम थ्योरी प्रमाणित गर्ने तीनजना वैज्ञानिक एलेन एस्पेक्ट (फ्रान्स), जोन एफ. क्लाउजर (अमेरिका) र एन्टन जेलिङ्गर (अष्ट्रिया) लाई दिइयो । उनीहरुले इन्ट्याङ्गल फुटोन वेल इन इक्वालिटी स्थापित गरेबापत क्वान्टम सूचना विज्ञानका लागि यो पुरस्कार दिइएको हो । यसलाई प्रमाणित गर्दै उनीहरुले भने, ‘द युनिभर्स इज लोकल्लि नट रियल ।’ अर्थात् ब्रह्माण्ड सत्य होइन र सबैभन्दा छोटो समयमा लामो यात्रा गर्ने प्रकाश नभएर सूचना हो । जसलाई उनीहरुले टेलिपोर्टेशन नाम दिएका छन् । यी दुई कुरा प्रमाणित गर्दै गर्दा उनीहरुले वैदिक शास्त्रमा उल्लेख गरिएका ‘अन्तर्ध्यान’, ‘संसार माया हो’, ‘टेलिपेथी’, ‘आत्मातत्व अमर हो’ जस्ता धेरै कुरा प्रमाणित गरेका छन् । जसको सविस्तार व्याख्या यस आलेखमा गरिएको छ ।

यी भौतिक अध्येता एलेन एस्पेट, जोन एफ. क्लाउजर र एन्टन जेलिङ्गरले ब्रह्माण्ड सत्य होइन र प्रकाशभन्दा सूचनाले छिटो यात्रा गर्ने कुरा प्रमाणित गरे । ब्रह्म सत्य जगत मिथ्या भन्ने वैदिक उद्घोषलाई आज आधुनिक विज्ञानले उनीहरुको खोजमार्फत प्रमाणित गरिदिएको छ । साथै उनीहरुले अल्वर्ट आइन्सटाइनको थ्यौरीलाई पनि गलत सावित गरिदिएका छन् ।

आइन्सटाइनले फोटो इलेक्ट्रिक इफटको खोज गरेका थिए । जसमा उनले भनेका थिए, ‘नथिङ क्यान ट्राभल फास्टर द्यान द स्पीड अफ लाइट ।’ अर्थात् प्रकाशभन्दा छिटो पुग्न सक्ने केही हुँदैन । जसको इनर्जी क्वान्टाइज हुन्छ । यसको मतलब सबैभन्दा छोटो युनिटको भ्याल्यु सधैं निश्चित(फिक्स) हुन्छ । अर्थात् आइन्सटाइनले प्रकाशको गति एक मिनेटमा १ लाख ८६ हजार माइल हुन्छ भने । यसै खोजको लागि आइन्सटाइनलाई नोबेल पुरस्कार पनि दिइएको थियो । उनले प्रमाणित गरेको कुराले भन्थ्यो- सबै कुराको आआफ्नो अस्तित्व छ । हामी ब्रह्माण्डको त्यति नै हिस्सा महसुस गर्न सक्छौं जति हामी वरपर हुन्छ । तर, क्वान्टम सिद्धान्तले सूचनाको तरङ्ग जहाँ पनि पुग्न सक्ने कुराको तथ्य दिन्छ । उनीहरुले गरेको यो व्याख्या नोबेल पुरस्कारको आफ्नो वेबसाइटमा गएर पनि हेर्न सकिन्छ ।

क्वान्टम सिद्धान्त प्रतिपादकहरुले दोहोर्‍याएको शब्द ‘विटनेस र कन्ससनेस’को संस्कृत अर्थ हुन्छ साक्षी, चैतन्य । जसले विज्ञानको खोजलाई वैदिक ग्रन्थका ऋचाहरुमा ल्याएर जोड्छ । आधुनिक विज्ञानको यस तथ्य भनिरहेको छ, वैदिक ग्रन्थ वैज्ञानिक दस्तावेज हुन् ।

अझ अगाडि बढेर हेरौं- विज्ञानलाई यस तथ्यमा आइपुग्न कहिलेकहिले कसकसले योगदान दिए ? यो तथ्यसम्म पुग्नुअघि के कुरालाई विश्वास गरिन्थ्यो ? अनि ती विश्वासलाई कुन सिद्धान्तले काट्यो र उनीहरु नयाँ तथ्यमा आइपुगे ? तथ्य खोजको कालक्रमअनुसार यहाँ प्रस्तुत छ ।

पहिला हामी आइन्सटाइन (सन् १८७९-१९५५)ले पत्ता लगाएको सिद्धान्तमा जाऔं । आइन्सटाइनको वेलासम्म भनिन्थ्यो- द युनिभर्स इज एप्सुलेट रियालिटी । अर्थात् जे देखिन्छ, देखिरहेका छौं त्यो सत्य हो । अनि टाइम र स्पेस एक-अर्कामा इन्डिपेन्डेण्ट एक्जिस्टेन्स (असम्बद्ध अस्तित्व) हुन् भन्ने मानिन्थ्यो । सन् १९२१ मा आइन्सटाइनले एक रिलेटिभिटी सिद्धान्त (सापेक्षतावाद) प्रतिपादन गरे । जसमा समय साक्षीको आधारमा छ भन्ने कुराको आधार तय गरिदियो । अर्थात् युनिभर्स इज नट रियल भन्ने तथ्यको बिज यही रोपिएको थियो । यद्यपि आइन्सटाइनले क्वान्टम थ्योरीमा सधैं विरोधी तर्क दिए । त्यसपछि आएका निल्स वोर (सन् १८८५-१९६२) र हाइसेनबर्ग (सन् १८००-१९७६)ले साक्षी नहुञ्जेलसम्म सम्बन्धितको कुनै अस्तित्व नहुने कुराको तर्क राखे । तर, श्रडिङ्गर र आइन्सटाइनले लामा पत्र तयार गरेर यसको खण्डन गरे ।

इन्ट्याङ्गल पार्टिकलका बारेमा थाहा भए पनि के कारणले यस्तो हुन्छ भन्नेमा भने वैज्ञानिकहरु जानकार थिएनन् । सन् १९६० सम्म आइपुग्दा पनि निल वोरको क्वान्टम व्याख्या र आइन्स्टाइनको क्लासिकल व्याख्याकै बीचमा ब्रह्माण्डीय खोज कतै हरायो । त्यसपछि आएका आयरल्याण्डका भौतिकशास्त्री जोन बेल पनि फरक धारसहित यसको खोजमा आए । जुन सिद्धान्तलाई बेलको सिद्धान्त भनियो ।

अन्ततः सन् २०२२ मा आएर क्वान्टम सिद्धान्त प्रमाणित गर्दै वैज्ञानिकहरुले भने, ‘द वर्ल्ड इज नट लोकल्ली रियल, अब्जर्भ ब्रिङ्स द वर्ल्ड इनटु एक्जिस्टेन्स ।’  अर्थात् ब्रह्माण्ड सत्य होइन, जे देखिन्छ चेतनाको एक परार्वतनमात्र हो । चेतना (साक्षी)को कारणमात्र संसार (ब्रह्माण्ड) अस्तित्वमा छ । क्वान्टम सिद्धान्त प्रतिपादकहरुले दोहोर्‍याएको शब्द ‘विटनेस र कन्ससनेस’को संस्कृत अर्थ हुन्छ साक्षी, चैतन्य । जसले विज्ञानको खोजलाई वैदिक ग्रन्थका ऋचाहरुमा ल्याएर जोड्छ । आधुनिक विज्ञानको यस तथ्य भनिरहेको छ, वैदिक ग्रन्थ वैज्ञानिक दस्तावेज हुन् ।

उहिल्यै वेदमा लेखिएका कुरा र अहिले विज्ञानले भनेका कुरामा के भिन्नता र समानता छ दाँजेरै हेरौं ।

वेद उपनिषद्मा हजारौं वर्ष पहिल्यै यी कुराहरु लिपिबद्ध छन् । भनिएको छ, ‘यो ब्रह्माण्ड(संसार) माया हो । साक्षी चैतन्यका कारण मात्र ब्रह्माण्डको अस्तित्व छ । अर्थात् ‘युनिभर्स इज एन इलुजन, कन्ससनेस क्रिएट्स द युनिभर्स ।’ उनीहरुका शब्दलाई केही पनि तलमाथि नपारी म यहाँ लेखिरहेकी छु । क्वान्टम फिजिक्सले भन्यो, ‘युनिभर्स इज नट रियल, अब्जर्भर ब्रिङ इनटु एक्जिस्टेन्ट (नोवेल पुरस्कार २०२२) । अर्थात् ब्रह्माण्ड असत्य कुरा हो, साक्षीले मात्र यसलाई अस्तित्वमा ल्याउँछ । एउटा बुझ्नुपर्ने कुरा के छ भने वेदमा ब्रह्माण्डलाई भ्रम भनिएको छ भने अहिले क्वान्टम सिद्धान्तले असत्य हो भनेको छ ।

क्वान्टम फिजिक्सले भन्यो, ‘युनिभर्स इज नट रियल, अब्जर्भर ब्रिङ इनटु एक्जिस्टेन्ट (नोवेल पुरस्कार २०२२) । अर्थात् ब्रह्माण्ड असत्य कुरा हो, साक्षीले मात्र यसलाई अस्तित्वमा ल्याउँछ । एउटा बुझ्नुपर्ने कुरा के छ भने वेदमा ब्रह्माण्डलाई भ्रम भनिएको छ भने अहिले क्वान्टम सिद्धान्तले असत्य हो भनेको छ ।

यो कुरा प्रमाणित गर्दै उनीहरुले भने, ‘सूचनाले एक ठाउँबाट प्रकाशभन्दा कम समयमा लामो दूरी पार गर्नसक्छ । खासमा चिज ठोस देखिए पनि यथार्थमा त्यसको अन्तिम विन्दु तरङ्ग हो भनेका छन् । त्यसकारण जसरी सूचनाले एक ठाउँबाट अर्को ठाउँमा कम समयमा यात्रा गर्नसक्छ । जसको लागि कुनै ‘पार्टिकल’(अणु) राखेर प्रयोग गर्दा पनि उति नै समयमा पुग्ने कुराको हजारौं पटक प्रयोग गरेको र यो सफल भएको उनीहरुले बताएका छन् । यसको अर्थ वैदिक ग्रन्थहरुमा हामीले पढिरहेको अन्तध्र्यानबाट कुनै निश्चित कुरासम्म पुग्नु वा प्राप्त गर्नु सम्भव छ भन्ने कुरा आधुनिक विज्ञानले प्रमाणित गरेको हो । यी सबै कुरालाई ल्याएर आज विज्ञानले वैदिक ग्रन्थले भनेजस्तो आत्मा तत्वलाई स्वीकार गरेको छ ।

पदार्थको अन्तिम रुप तरङ्ग हो भन्ने कुरामा उपनिषद्मा भनिएको छ, ‘मानिसको भौतिक शरीरसँगै मानसिक र ऊर्जा शरीर पनि छ । अनि मानिस शारीरिक शरीर कम र मानसिक तथा ऊर्जा शरीरको आधारमा बढी निर्देशित छ । जसलाई वैश्वानर, तैजस, सषुप्ति र तुरीय अवस्थाको रुपमा व्याख्या गरिएको छ (माण्डुक्योपनिषद्, ३-५) ।’ यसको अर्थ मान्छे शारीरिक शरीर कम, मानस र ऊर्जा शरीर अधिक हो । जुन कुरालाई वेदले भन्दै आएको थियो । वैदिक ज्ञानका अनुयायीहरु यो कुरामा पहिल्यै जानकार थिए ।

क्वान्टम सिद्धान्तको रिपोर्टमा छिरेर हेर्नुभयो भने विटनेस र कन्ससनेस शब्द उनीहरुले धेरैपटक प्रयोग गरेका छन् । क्वान्टम सिद्धान्तको निचोड छ– ‘युनिभर्स एक सपना हो, सपना देख्ने साक्षी तिमी हौ । अनि तिमीबाट उत्पत्ति भएको त्यो सपना तिमीभित्र आउँछ र तिमीमै हराउँछ । तिमी साक्षी हुञ्जेल त्यो सपना रहन्छ, त्यसपछि त्यसको अस्तित्व छैन । तर, सपनामा जे देख्यौ, त्यसबाट तिमी मुक्त छौ । किनकि तिमी सपना होइनौ, मात्र सपना देखेको साक्षी हौ । निर्माण वा विनाश एउटा सपनामात्र हो, त्यसको कर्ता, भोक्ता र सहभागी तिमी होइनौ, साक्षीमात्र हौ । सुतेको बेला तिमीले आफूलाई चोर वा साधु रहेको देख्न सक्छौ, ब्युँझँदा तिमी न चोर हुन्छौ न त साधु । बरु ती दुबै दृश्य देख्ने साक्षीमात्रै हुन्छौ । त्यस्तै यो ब्रह्माण्ड पनि एक कन्ससनेस अर्थात् चेतनामात्र हो, जसलाई तिमीले सपनाजसरी देखिरहेका छौ, त्यसबाट व्युँझँदा त्यो सपना जस्तै हराउँछ ।

यस ब्रह्माण्डमा सबै कुरा एक चैतन्यबाट चलेको छ । ॐ त्यही शाश्वत ध्वनि हो । जो पूर्ण छ । अनि पूर्णमा पूर्ण जोडे पनि पूर्ण नै हुन्छ, पूर्णबाट पूर्ण घटाए पनि पूर्ण नै बाँकी रहन्छ । भनेको चैतन्य नष्ट नहुने अस्तित्व हो । जो सदा रहन्छ । यसैलाई सनातन भनिएको हो ।

विज्ञानले आज भनिरहेको कुरा नै अद्वैत हो, चैतन्य हो र वेदान्तको सार पनि यही हो । जसलाई अष्टावक्रले अष्टावक्रगीतामा पनि अधिक स्पष्टसँग व्याख्या गरेका छन् ।

भनिएको छ –
न त्वं देहो न ते देहो भोक्ता कर्ता न वा भवान् ।
चिद्रुपोक्सि सदा साक्षी निरपेक्षः सुखं चर ।।

यसको अर्थ हो- न तिमी देह हौ, न त देह तिम्रो हो, न तिमी कर्ता हौ न त तिमी भोक्ता हौ । तिमी त सदा एकरस चेतन-साक्षी हौ । तसर्थ विषयहरुबाट पर रहेर सुखपूर्वक विचरण गर । (अष्टावक्रगीता, पन्धौं प्रकरण, श्लोक ४, गीताप्रेस, गोरखपुर) ।

त्यसलाई बुझाउन वेदमा गुरु र शिष्यको एउटा संवाद छ । जहाँ गुरु र शिष्यको संवादमा गुरुले भन्छन्- अहम् ब्रह्मास्मि । अर्थात् म नै ब्रह्म हुँ । सँगै बसेका शिष्यले म चाहिँ को हुँ भनेर गरेको प्रश्नमा गुरुले फेरि भनेका छन्- ‘तत् त्वम् असि’ अर्थात् तिमी पनि त्यही चेतन तत्व हौ । अनि यो सारा संसार चाहिं के हो त भनेर सोधेको अर्काे प्रश्नमा भनिएको छ- सर्बं खलु इदं ब्रह्म । अर्थात् सबै सबै ब्रह्म हो, अन्तिम चैतन्य हो । जसका कारण नै यो अस्तित्व सम्भव छ ।

यहाँका वैदिक ग्रन्थमा मात्र होइन, अष्टावक्रगीतामा राजा जनकसँगको संवाद, भगवद्गीतामा कृष्णले अर्जुनसँग गरेको संवादका सबै भाष्यहरु यसैमा केन्द्रित छन् । सबैले एकमात्र आत्मा तत्त्वलाई जोड दिइरहेका छन् । भगवद्गीतामा भनिएको छ- सत्य भनेको मात्र एक साक्षी चैतन्य हो ।

गीतामा कृष्णले अर्जुनलाई भनेका छन्-
वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोऽपराणि ।
तथा शरीराणि विहाय जीर्णा न्यन्यानि संयाति नवानि देही । ।
(भगवद्गीता, २, २२)

यसको अर्थ हो, जसरी मनुष्यले पुरानो वस्त्र त्यागेर नयाँ वस्त्र धारण गर्छ, उसैगरी जीवात्माले जीर्ण शरीर त्यागेर नयाँ देह धारण गर्छ ।

टेलिपेथी भनेको टाढा बसेको मान्छेले पनि अन्तर्दृष्टिको शक्तिले त्यहाँ के भैरहेको छ भनेर थाहा पाउनु । आज टेलिपेथीलाई विज्ञानले बल्ल प्रमाणित गरेर स्वीकारेको छ । तर, यसको प्रयोग महाभारतकालमै भएको थियो ।

अर्थात् चेतना (आत्मा) त्यस्तो एकमात्र शक्ति हो, जो कहिल्यै नष्ट हुँदैन, त्यसले नयाँ रुप धारण गर्छ भनेर चैतन्यको कुरा गरिएको छ ।

त्यस्तै उपनिषद्मा भनिएको छ –
ॐ पूर्णमदः पूर्णमिदं पूर्णात्पूर्णमुदच्यते ।
पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते

(बृहदारण्यकोपनिषद्,५।१ वा ईशावास्योपनिषद् शान्ति पाठ, गीताप्रेस गोरखपुर) ।

यहाँ भनिएको छ- यस ब्रह्माण्डमा सबै कुरा एक चैतन्यबाट चलेको छ । ॐ त्यही शाश्वत ध्वनि हो । जो पूर्ण छ । अनि पूर्णमा पूर्ण जोडे पनि पूर्ण नै हुन्छ, पूर्णबाट पूर्ण घटाए पनि पूर्ण नै बाँकी रहन्छ । भनेको चैतन्य नष्ट नहुने अस्तित्व हो । जो सदा रहन्छ । यसैलाई सनातन भनिएको हो ।

जुन कुराको ज्ञान हरेक एकलाई थियो । तर पश्चिममा समाज त यो विषयमा भर्खरैसम्म पनि जानकार थिएन । यसको उदाहरण परमहंस योगानन्द (सन् १८९३-१९५२)को पुस्तकको पश्चिममा चर्चा । परमहंस लामो समय अमेरिकामा नै बसे र उतै पुस्तक प्रकाशन गरे । जहाँ उनले आफ्नो वायोग्राफ्री (अटोबायोग्राफी अफ योगी)मा उल्लेख गरेको ‘रि-इर्कानेसन’ अर्थात् पुनर्जन्मको कुराले उनीहरुलाई अचम्ममै पार्‍यो । पश्चिममा यो पुस्तक धेरैले बोकेर हिँडे । किनकि यो कुरा उनीहरुले पहिलो पटक सुनेका थिए । स्टीभ जब्सले त योगीको बायोग्राफी हर साल पढेको उल्लेख गरेका छन् । उनले भौतिकताबाट मनको तहमा पुग्नलाई यसले साथ दिएको उल्लेख गरेका छन् ।

यहाँ त वेद उपनिषद्मात्र होइन, स्मृतिहरुमा पनि उही चैतन्यको कुरा छ । संसार के हो भन्ने विषयमा एउटा श्लोक छ-
ब्रह्म सत्यं जगन्मिथ्या जीवो ब्रह्मैव नापरः।
अनेन वेद्यं सच्छास्त्रमिति वेदान्तडिण्डिमः।।

यसको अर्थ हो- ब्रह्म (चेतना) मात्र सत्य अनि जगत मिथ्या (भ्रम) हो । यसद्वारा सच्छास्त्र जान्नुपर्छ भन्ने वेदान्तको उद्घोष हो ।

जगत माया (छल) हो । सत्य ब्रह्ममात्र हो । यो जगत भ्रम हो भन्ने कुरा वैदिक ग्रन्थले उहिल्यैदेखि ज्ञान दिइरहेका छन् ।

अझ क्वान्टम सूचनाको आविस्कार हुनसक्छ भन्ने सिद्धान्तको प्रतिपादनले ऋषि महर्षिहरुले ब्रह्माण्डीय शक्तिद्वारा सञ्चालित सञ्चारको स्वचालित उपकरण टेलिपेथी प्रयोग गर्दथे भन्ने कुरा प्रमाणित नै गरिदिएको छ ।

हामीले पढेका शास्त्रमा टेलिपेथी कहाँ आउँछ ? टेलिपेथी भनेको के हो, यो तथ्य प्रमाणित भएर मान्छेको जीवनमा के फरक आउँछ भन्ने प्रश्न पनि उठ्न सक्छ । टेलिपेथी भनेको टाढा बसेको मान्छेले पनि अन्तर्दृष्टिको शक्तिले त्यहाँ के भैरहेको छ भनेर थाहा पाउनु । आज टेलिपेथीलाई विज्ञानले बल्ल प्रमाणित गरेर स्वीकारेको छ । तर, यसको प्रयोग महाभारतकालमै भएको थियो । महाभारतमा सञ्जयले राजा धृतराष्ट्रको दरवारमै बसेर कुरु क्षेत्रमा भैरहेको लडाइँको वर्णन गरेका थिए । (महाभारत, तृतीय खण्ड, भीष्म पर्व, गीता प्रेस)

नारद त यस्ता पात्र थिए, जो सुरदेखि असुरसम्म सबैका विश्वासिला सूचनादाता हुन् । जो तत्काल अन्तर्ध्यान भएर सूचना लैजानुपर्ने ठाउँमा स्वयं पुग्दथे । हिजो यो कुरा हामी कथाका रुपमा पढ्थ्यौं । तर, आज विज्ञानले भन्दैछ- यो सम्भव छ ।

माइलौं प्रकाश वर्ष टाढा । एकै समयमा एकै साथ त्यस्तो वस्तुले उही काम गर्‍यो भन्ने कुरा पत्ता लगाएका छन् ।

हो, यसरी विनाभौतिक माध्यम सूचनाको आदानप्रदान हुनुलाई टेलिपेथी भनिन्छ । यही कुरा क्वान्टम सिद्धान्तले सम्भव छ भनेर स्वीकार गरेको हो । हाम्रोमा भनाइ नै छ, जहाँ पुग्दैनन् रवि (प्रकाश) त्यहाँ पुग्छन् कवि (मन) । योे भनाइ उसै प्रचलित भएको होइन रहेछ । वेदको अनुसन्धानको निचोडले यस्तो भनाइ बनाउन काम गरेको थियो भन्ने स्पष्ट हुन्छ ।

त्यतिमात्र होइन, क्वान्टम सिद्धान्तमा सूचनाले सबैभन्दा छिटो यात्रा गर्न सक्छ भन्ने छँदैछ । त्योभन्दा अघि बढेर यस सिद्धान्तले भनेको छ- सूचनामात्र होइन, सूचनाको साथमा व्यक्ति स्वयं पनि त्यति नै गतिमा त्यो ठाउँमा पुग्नसक्छ । यहाँ क्वान्टम सिद्धान्तले वैदिक या पौराणिक ग्रन्थमा अन्तर्ध्यान हुने कुरा सम्भव थियो भन्ने कुरालाई प्रमाणित गर्दैछ ।

यी तीन वैज्ञानिकले यो कुरा पटक-पटक प्रयोग गरिएको जानकारी दिँदै भनेका छन्- हामीले प्रयोग गर्दैगर्दा सूचनाको ठाउँमा पदार्थलाई पनि राखेर हेर्‍यौं । यो शक्तिले पनि उसै गरी काम गर्छ, जसरी सूचनाले गर्छ । हाम्रा वैदिक शास्त्रमा नारद जसरी अन्तर्ध्यान भएर तत्काल अर्को ठाउँमा पुग्न सक्थे । वैज्ञानिकहरुको यस खोजले टेलिपेथी सम्भव छ भन्ने कुरा बताइरहेको छ ।

महाभारतमा कृष्ण अन्तर्ध्यान भएको कुरा धेरै ठाउँमा आउँछ । नारद त यस्ता पात्र थिए, जो सुरदेखि असुरसम्म सबैका विश्वासिला सूचनादाता हुन् । जो तत्काल अन्तर्ध्यान भएर सूचना लैजानुपर्ने ठाउँमा स्वयं पुग्दथे । हिजो यो कुरा हामी कथाका रुपमा पढ्थ्यौं । तर, आज विज्ञानले भन्दैछ- यो सम्भव छ । शिव अन्तर्ध्यान भएका तथ्य झनै धेरै ठाउँमा पढ्न पाइन्छ (शिव पुराण, रुद्र संहिता प्रथम खण्ड, गीता प्रेस गोरखपुर)

त्यसकारण अब विज्ञानलाई एक ठाउँबाट अन्तर्ध्यान भएर अर्को ठाउँमा निस्कन सक्ने उपकरणहरु तयार गर्ने बाटो खुलेको छ । सायद अब हवाईजहाजको ठाउँमा त्यस्ता उपकरण प्रयोगमा आउनेछन्, जुन उपकरणले आज २४ घण्टामा पुग्ने ठाउँमा तत्काल पुग्न सकिनेछ ।

अन्तर्ध्यानको कुरा खोजी गर्दैगर्दा उनीहरुले पत्ता लगाएको अर्काे कुरा के पनि हो भने एक पार्टिकललाई दुई वा जति वटामा बाँडे पनि पहिलोमा हुने शक्तिको मात्रा बाँकी टुक्रिएका पार्टिकल (अणु)हरुमा रहन्छ । यो कुराले वैदिक शास्त्रमा उल्लेखित ‘यथा ब्रह्माण्डे तथा पिण्डे’ भन्ने कुरा प्रमाणित गर्छ । यस संस्कृत हरफको अर्थ हुन्छ- मुख्य शक्तिमा जे छ, ससानामा त्यही शक्ति भरिएको छ । ब्रह्माण्ड जस्तो छ, हरेक कणकण उसैको सानो विभाजन भएकाले जसरी ब्रह्माण्ड शक्तिशाली छ हरेक एक पदार्थ उति नै शक्तिमा छ भन्ने उपनिषद्ले भनेको कुरा नै विज्ञानले पनि भन्दैछ ।

यसलाई कसरी बुझौं भने कृष्ण राधा र अन्य गोपिनीहरुसँग एकै समयमा सबैका साथमा हुन्थे भन्ने कुरामा सत्यता छ । यही कुरा अहिलेको भौतिक विज्ञानले कसरी प्रयोगमा ल्याउला, त्यो बेग्लै कुरा हो । तर, त्यो सम्भव थियो र छ भन्ने कुरा उनीहरुले बोलिरहेका छन् ।

अहिले यो सारा कुरा प्रमाणित भएर के हुन्छ भन्ने प्रश्न आउँछ । यसले पहिलो, वैदिक काल उच्चस्तरीय विज्ञानको काल थियो भन्ने प्रमाणित हुन्छ । वैदिक कालमा भएका प्रयोगहरु अब नयाँ प्रविधिका रुपमा प्रयोगमा आउनेछन् । तर, हिजो आइन्सटाइनको परमाणुको खोजलाई बम बनाउन गलत प्रयोग गरिए जस्तै यो सूक्ष्म शक्तिको गलत प्रयोग नहोला भन्न सकिन्न । यसको सकारात्मक प्रयोगले सोच्नै नसकिने क्वान्टम कम्प्युटर, क्वान्टम सूचना नेटवर्क बनाउन सकिनेछ । आज भएका सबै उपकरणविना नै जहाँ चाहिन्छ, त्यहाँ सूचना पाउन र लिन सकिने हुनसक्छ ।

निष्कर्षमा भन्दा आजको विज्ञानका एकएक उपलब्धिको आधार वेद र उपनिषद् नै रहेछन् । यसको आधारभूत ज्ञान पहिल्यै उपभोग गरेको वैदिक विज्ञान अपनाएको समाजले यसबारे संसारलाई प्रभावित पार्नुपर्ने थियो । तर, हामीलाई लामो समयसम्म हाम्रा शास्त्र अन्धविश्वासयुक्त र रुढ हुन् भन्ने कुराले गाँज्यो । अंग्रेजी भाषा र पश्चिमा शिक्षा नै आधुनिकीकरण र प्रगति हुन् भन्ने भ्रम पालेर बस्दा हामी पछि पर्‍यौं । तर, विज्ञान भने एकपछि अर्को वेदका ऋचालाई सत्यका रुपमा स्वीकार गरेर तथ्यसहित लिएर आउँदैछ । यसले के प्रमाणित गरेको छ भने अघिअघि वेद, पछिपछि विज्ञान हिंडिरहेको छ । हामीले त्यसलाई जस्ताको तस्तै स्वीकार गर्नमात्रै बाँकी छ ।


प्रतिक्रिया

16 thoughts on “अघिअघि वेद, पछिपछि विज्ञान

  1. धन्यवाद , विनु पोखरोल जी । वैदिक प्रमाणिकरणलाई अहिले विज्ञानले पनि पुष्टि गरेको प्रसंगसहित नोवेल पुरस्कार विजेता तीन विचारकका सिद्धान्त जोडेर आलेख लेख्नु भएकोमा । यो तपाईकै मौलिक लेखाइ हो नै जस्तो लाग्छ । अझै सरल बनाउनु पर्ला । ०+०= ०, ०-०=०,०x०=० र ०/०= ० हो । यही सत्य हो । ब्रह्माण्ड छ । जसरी व्याख्या गरे पनि छ नै ।

  2. This is an in depth article. If only the West can shed it’s ego and arrogance, the humanity can progress without wasting time and efforts on these experiments — no point discovering the wheel again. The Vedic ideals can help us become selfless yet prosperous. Appreciation for Binu ji for writing this article

  3. मैले आजसम्म बुझ्न खोजेको र देखेको संबंध र कुरा गराई मा सधैं भन्ने गरेको कुरा भेटे. साह्रै खुसी लाग्यो! निकै सम्भावना बोकेको कुरा छ यसमा। वेदलाई धर्मग्रनथ होइन advanced Science भन्नुपर्छ भन्ने लाग्छ ।

  4. विद् विद्या विभु विद्वान् विद्वत् वेद भनेको ज्ञानको केन्द्र हो । चेतना अदृष्ट अमूर्त अभौतिक सत्ता हो । चेतना प्रधान वा वस्तु/पदार्थ प्रधान यो वैदिक वाङ्मयको मीमांसाको विषय होइन; मूर्तामूर्त दृष्टादृष्ट र भौतिक-अभौतिकको सत् र चित् अन्तरक्रिया नै ब्रह्म हो जुन त्यहाँ (विभु) मा छ र आत्मा मा पनि छ त्यसैले अध्यात्ममा अहम् सत्ता र विभु परम सत्ताको एकाकार हुन्छ र भन्छन्: अहम् ब्रह्मास्मि तत्त्वमसि: ।

  5. बधाई तथा धन्यवाद बिनु मेम, मै हुँ भन्ने पुरुष लेखकहरुको पानी आन्द्रे कलमलाई साफ चुनौती दिँदै बिलकुलै बालक झैँ बामे सर्दै गरेको नारी हस्ताक्षरले विज्ञान र वेदलाई तुल्य विषय बनाएर यस्तो आलेख दिनु भएको छ । बधाईको पात्र त हुनुहुन्छ नै, नेपालका विश्वविद्यालयकै पनि कथित विद्वान् हरुको ज्ञान बुद्धि कति क्षीण हुँदै गइरहेको छ भन्ने पनि संकेत मिल्छ ।

    1. आहा ! यति गहन विषयमा सरल तरिकाले सबैले बुझ्ने भाषामा आलेख तयार पार्नुभएकोमा लेखकलाई बधाई तथा हार्दिक धन्यवाद ! व्यक्त गर्दछु । हामीले सनातन धर्मशास्त्र, वेद, पुराण, रामायण, महाभारत लगायतका धर्मग्रन्थको अध्ययन अनुसन्धान गर्न सकेनौं । अब विज्ञानले प्रमाणित गरेको शास्वत तथ्यलाई मनन् गर्दै देवभूमि, ऋषिभूमि मूलुक नेपाललाई विश्वसामु चिनाउन जरुरी छ । यसले विश्वसामु नेपाललाई धार्मिक पर्यटनको क्षेत्रमा चिनाउन योगदान टेवा पुर्याउने छ । जय होस् ।

  6. यसमा तपाईले भन्न खाेजेकाे कुरामा एउटा प्रश्न रहला कि वेद लेख्नेहरुले ब्रम्ह सत्यम् जगत् मिथ्याजस्ता कुरा कसरी पत्ता लगाए भन्ने । के ध्यान, तपस्या त्यसकाे उत्तर हाे ? अथवा भाैतिक शरीरकाे अन्तर्ध्यान द्वारा अर्काे ठाउँमा प्रकट पनि हुन्थ्याे, अब पनि हुनसक्ला र त्यसकाे टेक्नाेलाेजी ध्यान थियाे अब पनि त्यही हाेला ? वा के हाेला ?

  7. सनातन शास्त्र केवल पौराणिक कथा मात्र होइनन….हाम्रा शास्त्र सृष्टिसंगै निसृत ज्ञान, विज्ञान, कानून, गणित, समाज तथा मानव शास्त्रीय आधार हुन…..गहिरो र प्रमाणिक विश्लेशणका लागि लेखक बधाईको पात्र हुनुहुन्छ…..

  8. हामी पहिले मन्त्र द्रष्टा थियौं । अहिले गतिलोगरि मन्त्र पढ्ने पाउन गाह्रो छ। हामी हाम्रो वेद भनिरहेका छौं , तर साँच्चिकै वेद अध्ययन गर्ने कति छौं ? अरुका टीका र व्याख्या पढेर मेरा पुर्खाले घिऊ खाएका थिए, मेरो हात सुँघ भने जस्तो त भैरहेको छैन ?

  9. आंशिक बुझाइले विज्ञानलाई र अध्यात्मलाई फरक झैँ देखाउँछ, पूर्ण समझ भयो भने आध्यात्म र आधुनिक विज्ञान एउटै कुरा हो। अध्यात्म as a whole हो भने त्यसको ससाना खोजी नै आधुनिक विज्ञान हो। पूर्वीय दर्शन र पश्चिमी दर्शन फरक कुरा होइन मात्र उमेर फरक हो। आधुनिक विज्ञानको आधार वेद नै हो। यी दुईलाई मिठोसङ्ग जोडेर लेख्नुभयो, लेखकलाई हार्दिक धन्यवाद 🌹

  10. वेदमा भएका गहन विषयकाे यस प्रकारकाे चर्चाले नेपाली समाजका प्रबुद्ध र सचेत जिज्ञासु वर्गमा संस्कृत भाषा स्वयम् पढ्न र सिक्न पनि उत्प्रेरणा जागाेस् भन्ने अपेक्षा गर्न सकिन्छ । वेद धर्मग्रन्थ त हुँदै हाे, साथै सकाजविज्ञान मनाेविज्ञान र भाैतिकविज्ञान समेतका विषय भएकाे ज्ञान हाे। यही ब्रह्माण्डकाे विषय नै दुबैकाे हुँदा वेद र विज्ञानका कुरा मिल्न गएका हुन्। वेदले चेतनालाइ परम सत्य मान्छ। त्यसकाे प्रतिरूप प्रत्येक व्यक्तिकाे जीवात्माकाे चेतना हाे। परमात्मा पनि सत् चेतन र अानन्द स्वरूप भनेर वेदले बताएकाे छ। गहन विश्लेषणात्मक लेखका निम्ति बधाइ बिनुजीलाइ ।

  11. याे लेखमा धेरै ज्ञान मिल्याे र चित्त पनि बुझ्याे । पूर्व र पूर्वीय ज्ञान सबैभन्दा अगि र श्रेष्ठ भएको प्रमाणित गरिदिनु भएकाेमा मेडम प्रति आभार प्रकट गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *