यूएई भ्रमणमा सन्दीप मिस हुनेछन् : कप्तान रोहित पौडेल (भिडिओ) – Nepal Press

यूएई भ्रमणमा सन्दीप मिस हुनेछन् : कप्तान रोहित पौडेल (भिडिओ)

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले यूएईमा हुने त्रिकोणात्मक श्रृंखलामा स्पिनर सन्दीप लामिछानेको अभाव खट्किन सक्ने बताएका छन् । सन्दीप टीमका प्रमुख बलर भएकाले यूएईमा उनी मिस हुने पौडेलको भनाइ छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्मान कार्यक्रमपछि सञ्चारकर्मीसँग बोल्दै उनले सो प्रतिक्रिया दिएका हुन् ।

पौडेलले भने, ‘सबैलाई थाहा भएकै कुरा हो । उनी हाम्रो सबैभन्दा महत्वपूर्ण बलर हुन् । ४ म्याचमा १३ विकेट लिएर नेपाललाई घरेलु श्रृंखला जिताए । उनले महत्वपूर्ण समयमा विकेट लिन्छन् । यूएईमा उनलाई मिस गर्नेछौं ।’

अन्य सिनियर बलरले सन्दीपको अभाव पूर्ति गर्नुपर्नेमा उनले जोड दिए । नेपालका लागि सबै म्याच फाइनलसरह भएको भन्दै उनले आफूहरूले आत्मविश्वासपूर्वक खेल्ने पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *