नेकपा ब्यूँताउने पक्षमा नेकपा एस, माधवले गरे ईश्वर पोखरेलसँग प्रस्ताव
काठमाडौं । भावी राष्ट्रपतिका उम्मेदवारमा प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्यूँताउने प्रस्ताव गरेका छन् । विहीबार कोटेश्वरमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग भएको भेटवार्तामा सो प्रस्ताव गरेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई राष्ट्रपति बनाएर गठबन्धन जोगाउने विकल्प प्रस्तुत गरिरहँदा एकीकृत समाजवादी भने नेकपा नै ब्यूँताउनुपर्ने पक्षमा देखिएको छ । नेपालले नेकपा ब्यूँताएर जाँदा आफू राष्ट्रपति उम्मेदवार बन्न तयार भएको पोखरेलसँग बताएका थिए ।
राष्ट्रपतिको विषयमा कुरा नमिल्दा अहिलेको सत्ता गठबन्धन धरापमा परेको छ र पुरानो पाँचदलीय गठवन्धन ब्यूँताउने प्रयास सुरुभएको छ । एकीकृत समाजवादीले चाहीँ पुरानो गठवन्धनभन्दा पुरानो नेकपा ब्यूँताउने प्रयास थालेको हो । सो पार्टीका केही नेताहरु आज नेकपा एमालेको पार्टी कार्यालयमै पुगेर छलफलसमेत गरेको बुझिएको छ ।
सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेपछि नेपालले राष्ट्रपति कसले पाउनेभन्दा पनि देशको समस्यालाई कसरी सम्बोधन गर्ने भन्ने मुख्य कुरा भएको बताएका थिए । अहिले धेरै विकल्पहरु अगाडि भएको र त्यसमध्ये जुन विकल्पले देशको राजनीतिलाई ठीक ठाउँमा ल्याउँछ, त्यही रोज्नुपर्ने उनको भनाइ थियो ।
एमालेको महासचिव बनेर १४ वर्ष मोज गरेकोलाई एमाले नभएर नेकपा व्यूँताउन परेको चाहिँ किन नि ?
एमाले बन्नुस् । यसैमा भलाइ छ ।