तत्कालीन डीएसपी र काठमाडौं प्रहरीले अदालतको अवहेलना गरेको सर्वोच्चको ठहर – Nepal Press

तत्कालीन डीएसपी र काठमाडौं प्रहरीले अदालतको अवहेलना गरेको सर्वोच्चको ठहर

काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार बस्नेत र काठमाडौं प्रहरी परिसरलाई दोषी ठहर गरेको छ।

सात वर्षअघि दर्ता भएको अदालतको अपहेलनासम्बन्धी मुद्दामा बिहीबार सर्वोच्चले फैसला गरेको हो । ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले तत्कालीन अनुसन्धान अधिकृत बस्नेत र काठमाडौं प्रहरी परिसरले अदालतको अवहेलना गरेको ठहर गरेको हो ।

जगतमाया श्रेष्ठ र इन्द्रबहादुर श्रेष्ठले बस्नेत र काठमाडौं प्रहरीलाई प्रतिवादी बनाएर २०७२ असार ४ गते अदालतको अवहेलना सम्बन्धमा मुद्दा दर्ता गरेका थिए । बस्नेत हाल एसपी छन् । उनी त्यतिबेला काठमाडौं प्रहरी परिसरको मुद्दा शाखामा थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर