राजनीतिक अस्थिरता अन्त्य गर्न कांग्रेस सहमत भए राष्ट्रपति निर्वाचनमा सहकार्य गर्न सकिन्छ: ज्ञवाली (भिडिओ) – Nepal Press

राजनीतिक अस्थिरता अन्त्य गर्न कांग्रेस सहमत भए राष्ट्रपति निर्वाचनमा सहकार्य गर्न सकिन्छ: ज्ञवाली (भिडिओ)

विराटनगर । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राजनीतिक अस्थिरता अन्त्य गर्न कांग्रेस सकारात्मक भए राष्ट्रपति चुनावमा सहकार्य गर्न सकिने बताएका छन् ।

एमालेले सुरु गरेको ग्रासरुट अभियानको उद्घाटन गर्न पाँचथरमा आएका ज्ञवालीले राजनीतिक अस्थिरता अन्त्यका लागि कांग्रेस तयार भइनसकेको बताए ।

उनले पत्रकारसँग कुरा गर्दै एमाले स्थिरता कायम गर्न जोसुकैसँग पनि सहकार्य गर्न तयार रहेको बताए । नेता ज्ञवालीले मुलुक राजनीतिक अस्थिरतातर्फ गएको बताए ।

राजनीतिक अस्थिरतामा मुलुक जाँदा हित नहुने भएकाले कांग्रेस सकारात्मक भएर आए राष्ट्रपतिकै चुनावबाट ऊसँग सहाकार्य गर्न सकिने उनको भनाइ थियो । उनले भने देशी विदेशी शक्तिले अस्थिरता ल्याउन खोजेका छन् । यसमा अन्य पार्टीका नेताहरु प्रयोग भइरहेका छन् ।

नेता ज्ञवालीले आजै पाँचथरमा ग्रास रुट अभियानको उद्घाटन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर