राष्ट्रपति उम्मेदवार छान्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै – Nepal Press

राष्ट्रपति उम्मेदवार छान्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा उक्त बैठक बिहान ८ः३० बजे बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । बैठकमा राष्ट्रपति पदको उम्मेदवार चयनलगायत विषयमा छलफल हुने बताइएको छ ।

हिजो बसेको ८ दलको गठबन्धन बैठकले पुरानै गठबन्धन ब्यूत्याएसँगै राष्ट्रपति पद कांग्रेसलाई दिने सहमति भएको छ । कांग्रेसले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई दिने भनिएपनि कृष्णाप्रसाद सिटौलाले पनि राष्ट्रपतिमा दाबी गरेका छन् ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ । यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर