झलनाथले भने- वाम पार्टीहरू एक ठाउँ उभिनुपर्छ (भिडिओ)
नेपाल प्रेस
२०७९ फागुन १४ गते १२:५२
सुर्खेत। नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले वामपन्थी दलहरुकाबीचमा एकता हुनुपर्नेमा जोड दिएका छन् ।
आइतबार सुर्खेत विमानस्थल पत्रकारहरूसँग कुरा गर्दै उनले सम्पूर्ण वामपन्थीहरू एक ठाउँमा भएमा मात्र परिवर्तन हुनसक्ने बताए ।
उनले पार्टीका नीति, सिद्धान्त र लक्ष्य मिलेमा जुनसुकै दलसँगपनि एकीकरण गर्न तयार रहेको बताए । नेता खनालले वाम दलहरुकाबीचमा मोर्चाबन्दी बनाएर जान आफ्नो पार्टी खुला रहेको बताए ।
मुख्य दलहरू शक्ति आर्जनका लागि र्याल काढेर हिँडेको उल्लेख गर्दै नेता खनालले सत्ताका लागि ढोका ढकढकाएर हिँड्ने प्रवृत्तिमा आफू नभएको बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर