युक्रेनलाई हतियार नदिन जर्मनीको बर्लिनमा हजारौंको प्रदर्शन
काठमाडौं । रुस-युक्रेन युद्धमा युक्रेनलाई हतियार नदिन र समस्याको कूटनीतिक समाधान गरेर शान्ति स्थापना गर्न जर्मनीमा हजारौंले प्रदर्शन गरेका छन् । जर्मनीलगायत युरोपेली देशहरुले रुस-युक्रेन युद्धको कूटनीतिक समाधानभन्दा हतियार युद्धलाई प्राथमिकता दिएको भन्दै त्यसको विरोधमा प्रदर्शन गरिएको सहभागीहरुले सामाजिक सञ्जालमा बताएका छन् ।
वामपन्थी नेतृ सारा वेजेङ्जनेक्ट र लेखक एलिस सचवार्जरको नेतृत्वमा भएको प्रदर्शनमा ५० हजार हाराहारी सहभागी भएको बताइएको छ ।
प्रदर्शनका प्रत्यक्षदर्शी बेन नोर्टनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज जर्मनीको बर्लिनमा ५० हजार बढीले एक विशाल र्याली निकालेका छन् । नाटोले युरोपमा सुरु गरेको प्रोक्सी वार अन्त्य गर्न र तत्काल शान्ति वार्ता गर्न उनीहरुले माग गरेका छन ।’
50,000 protesters came to the huge peace rally in Berlin, Germany today.
They are demanding an end to Europe’s escalation of the NATO proxy war in Ukraine and immediate peace talks https://t.co/vk3I62yRYr
— Ben Norton (@BenjaminNorton) February 25, 2023
यस्तै अर्का प्रत्यक्षदर्शी केभोक आलामासियनले लेखेका छन्, ‘सडक बन्द भएकाले हजारौंले प्रदर्शनमा भाग लिन पाएनन् ।’