काठमाडौंलगायत देशका केही ठाउँमा पानी पर्‍यो (तस्बिरहरू/ भिडिओ) – Nepal Press

काठमाडौंलगायत देशका केही ठाउँमा पानी पर्‍यो (तस्बिरहरू/ भिडिओ)

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका केही भागमा पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण मेघ गर्जनसहित वर्षात् भएको हो ।

गण्डकी प्रदेशका अधिकांश भाग, वागमती प्रदेशका केही स्थान र प्रदेश १ मा फाटफुट पानी परिरहेको मौसमविद् सञ्जीव अधिकारीले नेपाल प्रेसलाई बताए । दिउँसो एक्कासी परेको पानीका कारण जनजीवन प्रभावितसमेत बनेको छ । पोखराका केही ठाउँमा त असिनापानीसमेत आएको छ ।

‘राति क्रमश: मौसम सुधार हुँदै जाने देखिएको छ । भोलि पनि मेघ गर्जन, चट्याङसहित पानी पर्ने सम्भावना देखिन्छ’, उनले जानकारी दिए ।

सामान्यतया मार्चदेखि प्रिमनसुन सुरू हुने भएकाले पश्चिमी वायुको प्रभाव रहेको अधिकारीले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *