बैरागी काइँलालाई चैत ४ गते धरानमा नागरिक अभिनन्दन गरिँदै
काठमाडौँ । मुर्धन्य मुन्धुमविद् तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलालाई धरानमा नागरिक अभिनन्दन गरिने भएको छ । चैत ४ गतेको अभिनन्दनको आयोजक नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत रहेको छ ।
काइँलाले कविता–काव्य एवम् मुन्धुमको खोज-अन्वेषण तथा लेखन गरी नेपाली कविता तथा मुन्धुमी वाङ्मयका क्षेत्रमा दिएको अतुलनीय योगदानको लागी अभिनन्दन गर्न लागिएको आयोजकले बताएको छ ।
काइँलालाई सांस्कृतिक झाँकीसहित अभिनन्दन गरिने निर्णय प्रतिभा प्रतिष्ठानका अध्यक्ष अध्यक्ष गणेश राईको अध्यक्षतामा हालै बेलायतमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैरागी काइँलाको जन्म वि.सं.१९९६ साउन २५ गते बुधबारका दिन पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकाको पौवा-सारताप इलाकाको पौवा गाउँमा बाबा सुब्बा खड्गबहादुर नेम्बाङ लिम्बू र आमा सरस्वती नेम्बाङ लिम्बूका काइँला पुत्र उनलाई नेपाली साहित्यको ‘तेस्रो आयाम’ आन्दोलन, मन्धुम अनुसन्धान देखी नेपाली कविता क्षेत्रका एक शिखर मानिन्छ ।