ओलीको आह्वान : आन्दोलनका घाइतेहरु आउनुस्, एमाले सरकारमा नभएपनि उपचार गर्छ
नेपाल प्रेस
२०७९ फागुन १४ गते १६:२७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलन तथा माओवादीको सशस्त्र युद्धमा घाइते भएकाहरुलाई उपचार गर्ने बताएका छन् ।
शहीद परिवार तथा विभिन्न आन्दोलनमा घाइते भएकाहरुलाई सम्मानमा आयोजित कार्यक्रममा ओलीले युद्धमा घाइते भएकालाई एमाले सरकारमा नभएपनि सकेको उपचार गर्ने बताए ।
‘मैले भनेको थिएँ अहिलेसम्म आन्दोलनको घाइतेहरु नेकपा एमालेको केन्द्रीय कार्यालयमा आउनुस् । एमाले सरकारमा नभएपनि पार्टीले उपचार गर्छ’, उनले भने, ‘सबै त भन्दिनँ तर सक्दो उपचार गर्छ । हामी हेल्थ डेस्क नै राखेर पनि उपचार गर्न सक्छौं ।’
प्रतिक्रिया