सिंहदरबारभित्र कै क्यान्टिनमा म्याद गुज्रेका खाद्यवस्तु
नेपाल प्रेस
२०७९ फागुन १५ गते ७:५६
काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसर भित्र रहेको केन्द्रीय क्यान्टिनमा म्याद गुज्रेका खाद्यवस्तु फेला परेका छन् ।
वाणिज्य, आपूर्ति तथा संरक्षण विभागले गरेको निरीक्षणमा केन्द्रीय क्यान्टिनमा खान योग्य नभएका अवधि सकिएका वस्तुहरू फेला परेका छन् ।
लेबल नै नभएका, मसला, दुग्धजन्य पदार्थ, दुर्गन्धित मासु र तरकारी समेत फेला परेका छन् ।
निरीक्षण टोलीले ती वस्तुहरू बरामद गरी नष्ट गरेको छ । साथै क्यान्टिन सञ्चालन गर्ने कञ्चन चमेना गृह र र सञ्चालक उत्तम भट्टराईलाई ३ लाख रुपैयाँ जरिवाना पनि गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर