नेकपा ब्यूँतिने अवस्था नरहेपछि आठदलीय गठबन्धन बन्यो : माधव नेपाल – Nepal Press

नेकपा ब्यूँतिने अवस्था नरहेपछि आठदलीय गठबन्धन बन्यो : माधव नेपाल

कार्यशैली, मन र सबैको व्यवस्थापन हुने अवस्थामा पार्टी एकता हुन्छ

सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा ब्युँतिने अवस्था नरहेपछि आठदलीय गठबन्धन तयार भएको बताएका छन् ।

आज सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा उनले एमालेसँग पनि संवाद भएको उल्लेख गर्दै एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीलाई एकै ठाउँमा ल्याएर नेकपा ब्युँताउन खोजेको बताए । तर, त्यो सफल नभएको नेपालको भनाइ थियो ।

‘केपी ओलीले वार्ता संवाद गरेपछि हामीले पनि केही सम्भावना छ कि भने सम्भावनाको खोजी गर्ने काम गरेका थियौँ’ उनले भने, ‘एमाले माओवादी र नेकपा एकीकृत समाजवादी तीनवटै पार्टीलाई मिलाएर २०७५ जेठ ३ को बिन्दुमा अर्थात् नेकपाको बिन्दुमा रहन सकिन्छ कि भन्ने बारेमा हामीले नै पहल गरेका थियौँ । तर, त्यो हाम्रो पहल अगाडि बढ्न सकेन ।’

उनले गणतन्त्र र संघीयताको रक्षाका लागि आठदलीय गठबन्धनमा सहभागी भएको उनले जनाए ।

विचार मिल्ने वाम शक्तिहरूका बीचमा मोर्चाको अवधारणा अगाडि सारेको भन्दै नेपालले भने, ‘कार्यशैली, मन र सबैको व्यवस्थापन हुने अवस्थामा पार्टी एकता पनि हुन् ।’

नेपालले कुनै पनि अन्य पार्टीमा आफ्नो पार्टी विलय भने नहुने स्पष्ट पारेका थिए । राष्ट्रपतिमा आठदलीय गठबन्धनले अघि सारेका उम्मेदवार नै विजयी हुने उनको दाबी थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर