आज मगर दिवस : यस्तो छ मगरहरुको इतिहास – Nepal Press

आज मगर दिवस : यस्तो छ मगरहरुको इतिहास

रुपन्देही । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा पहिलो पटक स्थापना भएको दिनलाई मगर संघले स्थापना दिवसको रुपमा मनाउन थालेको हो । प्रथम महाधिवेशन भएको आज ४१ वर्ष पूरा भएर ४२औं वर्षमा प्रवेश गरेको छ । आज देश तथा विदेशमा रहेका मगर समुदायले हर्षोल्लासका साथ मगर दिवस मनाइरहेका छन् । २०३९ मा मगर संघको पहिलो महाधिवेशन भए तापनि त्यस अघिदेखि नै मगरहरु विभिन्न ढंगले संगठित हुँदै आएको तथ्यांक पाइन्छ । मगरहरुको सांगठनिक रुपले गोलबन्द भएको दिनको रुपमा विश्वभरमा सांगठनिक पर्वको रुपमा मगर बस्ती बस्तीमा मनाउँदै आइरहेका छन् ।

मगर दिवसमा एकापसको सम्बन्ध विस्तार, हार्दिकता, एकतालाई थप मजबुत गर्दै मगरहरुको गुमेको राजनैतिक अधिकारहरु स्थापना गर्न, गुमेको मगरात भूमि पुनःस्थापना गराउन, भाषिक सांस्कृतिक अधिकारहरु सुनिश्चित गराउन, जातीय आधारमा राज्यको सबै तह र तप्कामा समानुपातिक समावेशी प्रतिनिधित्व गराउनेलगायतका सवालमा सशक्त आन्दोलन गर्नमा थप ऊर्जा र उमंग दिने मगर अगुवा ज्ञानेद्रबहादुर पुनमगरले जनाएका छन् ।

२०६८ सालको जनगणनाअनुसार देशभर मगरको जनसंख्या १९ लाख रहे पनि संघले ३० लाख रहेको दाबी गर्दै आएको छ । यही दिनलाई संघले सार्वजनिक बिदा र प्रथम सहिद लखन थापामगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्दै आएको मगर संघका नेता गोपाल चौहान बताउँछन् ।

फागुन १५ मा सार्वजनिक बिदा, लखन थापालाई राष्ट्रिय विभूति, मगर समुदायको भाषा, संस्कृति संरक्षणमा उचित बजेट र आईएलओ १६९ लगायत अन्तर्राष्ट्रिय सन्धि-सम्झौताहरुको पूर्ण पालना गर्नुपर्ने माग गर्दै आएको संघले आज देश तथा विदेशमा विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउँदै नेता दलबहादुर बिरकट्टाको भनाइ छ । उनले मगरहरुले पनि आफ्ना थरहरु नखुलाउँदा वास्तविक तथ्यांक आउन नसकेको बताउँछन् । मगर समुदायको आफ्नै मौलिक भाषा, लिपि, धर्म, संस्कार, संस्कृति, रीतिरिवाजमात्रै नभई आफ्नै ऐतिहासिक भूमि र क्षेत्र रहेकाले आफैमा समृद्ध जाति हुँदाहुँदै पनि राज्यको विभेदकारी नीतिका कारण यो समुदायको हरेक पक्षमा राज्यस्तरबाटै नकारात्मक प्रहार हुँदै आइरहेको संघकी बुटवल अध्यक्ष बसन्ती साठीघरे बताउँछिन् ।

नेता गोपाल चौहानले लुम्बिनी प्रदेशमा जनजातिमध्ये सबैभन्दा धेरै जनसंख्या मगरको भएकाले प्रदेशमा मगर भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग, विद्यालयमा मगर भाषामा शिक्षाको सुलभ व्यवस्था, राज्यको हरेक संरचना र क्षेत्रमा पूर्ण समानुपातिक समावेशी सिद्धान्त लागू गर्नुपर्ने माग गरेका छन् ।

सबै जिल्लामा छरिएर रहेका सङ्गठनलाई एउटै योजना र साङ्गठनिक पद्धतिभित्र ल्याउने उद्देश्यका साथ वि.सं. २०३६ मा काठमाडौंमा अध्यक्ष डा. हर्षबहादुर बुढामगर, उपाध्यक्ष टोपबहादुर थापामगर, सचिव सुरेश आलेमगर, कोषाध्यक्ष डा. केशरजङ बरालमगर रहेको ‘लाङ्घारी परिवार’ केन्द्रीय तदर्थ समिति गठन भयो ।

स्थापना दिवसमा भेषभुषाको झाँकीसहित बृहत र्‍याली र परम्परागत सोरठी, कौडा, सालैजो, घाटु नाचसहित विभिन्न कार्यक्रम गर्ने गरिन्छ । आदिवासी जनजातिमध्ये पहिलो र समग्रमा तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायको मागलाई सरकारले सधैं बेवास्ता गरेको गुनासो मगर समुदायको छ ।

कसरी संगठित भए मगरहरु ?

मगर अगुवाहरुका अनुसार वि. सं. १९९७ सालअगावै दार्जिलिङमै मगर समुदायलाई सङ्गठित पार्न सङ्गठनको आकार दिने योजना थालनी भएको पाइन्छ । शासकहरूको आँखा छल्दै नेपालमा पनि मगर समुदायलाई सङ्गठित गरी चेतना जगाउन वि.सं. २०१२ मा गुल्मीको भार्से भत्रे मगर गाउँमा मगर समाज सुधार संघको भेला गिरीप्रसाद बुढाथोकीमगरको नेतृत्वमा सम्पन्न भएको थियो । त्यसैगरी वि.सं. २०१३ सालमा म्याग्दी जिल्लाको औलो गाउँमा बाढी पीडितलगायत प्राकृतिक विपत्तिमा परेकाहरूलाई सहयोग गर्न र गाउँमा विद्यालय खोली सञ्चालन गर्न तथा मगर समुदायलाई चेतना जगाउनेलगायत उद्देश्य राखी मेजर टेकबहादुर पुनमगरको नेतृत्वमा मगर भेला सम्पत्र भएको थियो ।

वि.सं. २०१४ साल फागुन २७ गतेदेखि २९ मेची-कालीबाट विभित्र जिल्लाको ५०० जना प्रतिनिधिहरूको उपस्थितिमा र हजारौं जनताको सहयोगमा मगर सुधार संघको पश्चिमाञ्चल सम्मेलनले गिरीप्रसाद बुढाथोकीमगरलाई नै सभापति चयन गरेको थियो । वि.सं. २०१३ सालमा रणबहादुर आलेमगरले गोर्खामा मगर भेला गरेका थिए भने वि.सं. २०१३ मै एकदेव आलेमगरले तनहुँमा मगर भेला गरेका थिए । वि.सं. २०१४ मा सङ्गठनलाई आकार दिन तनहुँको कुलुङ गाउँमा एकदेव आलेमगरकै नेतृत्वमा मगर सम्मेलन सम्पन्न भएको थियो ।

वि.सं. २०१७ को परिवर्तपछि पञ्चायती व्यवस्थाले राजनीतिक तथा सामाजिक संघसंस्थामाथि प्रतिबन्ध लगाएपछि मगरहरूलाई एकजुट पारी अधिकारप्रति सचेत पार्न मगर अग्रजहरूको सल्लाह तथा सुझावमा वनभोज आयोजना गरेर प्रशिक्षण दिने र गोप्य रूपमा सङ्गठित गर्ने गरिन्थ्यो ।

२०२८ मा बन्यो लाङ्घाली परिवार

वि.सं. २०२८ मा अध्यक्ष खिलध्वज थापामगर, उपाध्यक्ष माया रानामगर र महासचिव कुलबहादुर रानामगर रहने गरी काठमाडौंमा ‘लाङ्घाली परिवार’ गठन भयो । वि.सं. २०३२ सालमा ‘कानुङ लाङ्घाली परिवार’ रूपन्देहीमा पनि स्थापना भयो । वि.सं. २०३५ देखि २०३६ मा बागलुङ, सुर्खेत, बाँके, दैलेखलगायतका जिल्लामा मगर सुधार समिति, पाल्पामा ‘मगर सुधार समिति’ बन्यो भने कास्कीमा ‘लाङ्घाली परिवार’ गठन गर्ने काम व्यापक हुँदै गयो ।

वि.सं. २०३८ साल माघ २८ देखि २९ गते बुटवलको रूपन्देहीमा २२ जिल्लाका प्रतिनिधिको उपस्थितिमा ‘कानुङ लाङ्घाली परिवार’ का अध्यक्ष बाबुराम रानामगर र सचिव जयबहादुर हितानमगर रहेको सङ्गठन र पुरानो लाङ्घाली परिवारलाई एउटैमा गाभेर ‘नेपाल लाङ्घाली परिवार संघ’ केन्द्रीय तदर्थ समिति निर्माण भयो ।

सबै जिल्लामा छरिएर रहेका सङ्गठनलाई एउटै योजना र साङ्गठनिक पद्धतिभित्र ल्याउने उद्देश्यका साथ वि.सं. २०३६ मा काठमाडौंमा अध्यक्ष डा. हर्षबहादुर बुढामगर, उपाध्यक्ष टोपबहादुर थापामगर, सचिव सुरेश आलेमगर, कोषाध्यक्ष डा. केशरजङ बरालमगर रहेको ‘लाङ्घारी परिवार’ केन्द्रीय तदर्थ समिति गठन भयो ।

वि.सं. २०३८ साल माघ २८ देखि २९ गते बुटवलको रूपन्देहीमा २२ जिल्लाका प्रतिनिधिको उपस्थितिमा ‘कानुङ लाङ्घाली परिवार’ का अध्यक्ष बाबुराम रानामगर र सचिव जयबहादुर हितानमगर रहेको सङ्गठन र पुरानो लाङ्घाली परिवारलाई एउटैमा गाभेर ‘नेपाल लाङ्घाली परिवार संघ’ केन्द्रीय तदर्थ समिति निर्माण भयो । यो नै मगरहरुको पहिलो एकीकृत संगठन हो । सो ९ सदस्यीय तदर्थ समितिमा अध्यक्ष हेमबहादुर पुनमगर, उपाध्यक्ष रणबहादुर आलेमगर, सचिव सुरेश आलेमगर, प्रचारप्रसार सचिव जयबहादुर हितानमगर र कोषाध्यक्ष मनवीर गर्बुजा पुनमगर थिए ।

प्रहरी घेराबन्दीमा प्रथम महाधिवेशन

वि.सं. २०३९ फागुन १४, १५ देखि १६ गते तनहुँको दमौलीमा तानाशाही पञ्चायती व्यवस्थाको प्रहरी घेराबन्दी बीचमा नै हजारौं मगर समुदायको उपस्थितिमा ‘नेपाल लाङ्घाली परिवार संघ’ को ऐतिहासिक प्रथम महाधिवेशन भव्यताका साथ सम्पन्न भयो । प्रथम महाधिवेशनले अध्यक्षमा हेमबहादुर पुनमगर र महासचिवमा सुरेश आलेमगरलाई निर्वाचित गरी १५ सदस्यीय ‘नेपाल लाङ्घाली परिवार संघ’, केन्द्रीय समिति चयन ग¥यो । त्यसैले फागुन १५ गतेलाई संघको स्थापना दिवसको रूपमा मनाउने गरिन्छ । जसलाई हामी मगर दिवस पनि भन्छौं ।

मगर जातिको इतिहासको विभित्र उतारचढावबीच गुज्रिरहेको छ भने सङ्गठनको जीवनमा चुनौती र सम्भावनाले लुकामारी गर्दै अगाडि बढ्नेक्रममा समय र युगको छालसँगै आफ्नो संरचना, योजना, कार्यक्रम र मुद्दाहरूलाई परिमार्जित गरेर रूपान्तरण गर्दै आएको छ ।

सङ्गठनलाई फराकिलो, वैज्ञानिक, व्यवहारिक र विकसित गर्न २०४८ को चौथो महाधिवेशनले ‘नेपाल लाङ्घाली परिवार संघ’लाई नाम परिवर्तन गरी ‘नेपाल मगर संघ’ मा रूपान्तरण गरेको हो । मगर समाज सेवाको नामबाट प्रारम्भ भएको संगठनको विकसित रूप आज संसारभरका मगर समुदायलाई एक ठाउँमा केन्द्रित गर्ने विशाल छाता सङ्गठनको रूपमा नेपाल मगर संघ उपस्थित छ । नेपाल मगर संघले अहिले ६ वटा राष्ट्रियस्तरका भ्रातृ सङ्गठन निर्माण गरी व्यापक परिचालन गरेको छ ।

नेपाल मगर संघ केन्द्रीय समितिले अहिले मगरहरुको शैक्षिक सुधार गर्दै सचेतना अभिवृद्धि गर्ने, मगर समुदायको सामाजिक र सांस्कृतिक जागरण गर्ने, मगर समुदायलाई उद्यमशील बनाउँदै आर्थिक समृद्धि गर्ने, मगरहरुको राजनैतिक सशक्तीकरण गर्ने गरेर चार खम्बे नीति अबलम्बन गरिएको छ ।

जसमा मगर विद्यार्थी, मगर सांस्कृतिक, मगर महिला, मगर सम्पर्क समन्वय, मगर युवा र मगर भूतपूर्व सैनिक/प्रहरी संगठन छन् । त्यसैगरी नेपाल बाहिर विदेशमा पनि २२ वटा मगर संघ छन् । अन्य सामाजिक संघसंस्थाहरू जसले संघको विधान मानेर जाने संस्थालाई संघमा आवद्ध गरेर आवद्धताको प्रमाणपत्र प्रदान गरी सँगसँगै लैजानेसमेत विधानमा व्यवस्था गरिएको छ । नेपाल मगर संघको आफ्नो साङ्गठनिक यात्रामा २५ वटा राष्ट्रिय सम्मेलन सम्पत्र गरिसकेको छ भने ११ वटा राष्ट्रिय महाधिवेशन निम्न समयहरूमा सम्पन्न गरिसकेको छ ।

कसले कहिले गरे महाधिवेशनको नेतृत्व ?

(१) प्रथमः वि.सं. २०३९ साल फागुन १५-१६ गते, स्थान : तनहुँको दमौली, गण्डकी
अध्यक्ष : हेमबहादुर पुनमगर र महासचिव : सुरेश आलेमगर

(२) दोस्रोः वि.सं. २०४२ साल फागुन १६-१७ गते, स्थान : मकवानपुरको हेटौंडा, नारायणी
अध्यक्ष : कविराज पुनमगर र महासचिव : सुरेश आलेमगर

(३) तेस्रो : वि.सं. २०४५ साल चैत्र २६-२७ गते, स्थान : बाँकेको नेपालगञ्ज, भेरी
अध्यक्ष : मानध्वज रानामगर र महासचिव : सुरेश आलेमगर

(४) चौथोः वि.सं. २०४८ साल माघ १०-११ गते, स्थान : काठमाडौं, बागमती
अध्यक्ष : गोरेबहादुर खापाङ्गीमगर र महासचिव : लोकबहादुर थापामगर

(५) पाँचौंः वि.सं. २०५१ साल फागुन २६-२९ गते, स्थान : दाङको घोराही, राप्ती
अध्यक्ष : गोरेबहादुर खापाङ्गीमगर र महासचिव : शिवलाल थापामगर

(६) छैठौंः वि.सं. २०५४ साल फागुन १५-१८ गते, स्थान : नवलपरासीको कावासोती, लुम्बिनी
अध्यक्ष : गोरेबहादुर खापाङ्गीमगर र महासचिव : सुरेन्द्र थापामगर

(७) सातौंः वि.सं. २०५७ साल फागुन २१-२३ गते, स्थान : सुनसरीको धरान, सगरमाथा
अध्यक्ष : गोरेबहादुर खापाङ्गीमगर र महासचिव : झकबहादुर थापामगर

(८) आठौंः वि.सं. २०६० साल फागुन १२-१६ गते, स्थान : कैलालीको टीकापुर, भेरी
अध्यक्ष : क्या.यामबहादुर बुढाथोकीमगर, महासचिव : रामचन्द्र थापामगर र बीरबहादुर बुढाथोकीमगर

(९) नवौंः वि.सं. २०६४ साल जेठ ५-८ गते, स्थान : काठमाडौंको कलङ्की, बागमति
अध्यक्ष : झकबहादुर थापामगर र महासचिव : बसन्त घर्तीमगर (तुलाराम)

(१०) दशौंः वि.सं. २०६८ साल मंसिर २४-२७ गते, स्थान : गुल्मीको तम्घास, लुम्बिनी
अध्यक्ष : महेन्द्र थापामगर र महासचिव : नवीन रोकामगर

(११) एघारौंः वि.सं. २०७३ साल बैशाख १८-२२ गते, स्थान : चितवनको नाराणगढ, नारायणी
अध्यक्ष : नवीन रोकामगर र महासचिव : ज्ञानेन्द्र पुनमगर

नेपाल मगर संघ केन्द्रीय समितिको मातहतमा अहिले ७ वटै प्रदेशमा प्रदेश समितिहरु, ७७ जिल्लामध्ये ६८ जिल्लामा जिल्ला समिति, ७५३ स्थानीय तहमध्ये ५३० वटा गाउँपालिका/नगरपालिकामा स्थानीय तहमा समितिहरु गठन भैसकेको छ भने १५३० भन्दा बढी तहमा वडा तथा इकाइ समितिहरु क्रियाशील छन् । नेपाल मगर संघले संघलाई व्यवस्थित बनाउन साधारण सदस्य, क्रियाशील सदस्य र आजीवन सदस्यहरुको प्रावधानको व्यवस्था गरी वितरण गरेको छ । संघले मगरहरुलाई गोलबन्द गर्न जहाँ मगर त्यहाँ मगर संघ, जहाँ मगर संघ त्यहाँ मगरात स्वायत्तता भन्ने सांगठनिक नारा बनाएर संगठनिक अभियान बनाएर अगाडि बढिरहेको छ ।

नेपाल मगर संघ केन्द्रीय समितिले अहिले मगरहरुको शैक्षिक सुधार गर्दै सचेतना अभिवृद्धि गर्ने, मगर समुदायको सामाजिक र सांस्कृतिक जागरण गर्ने, मगर समुदायलाई उद्यमशील बनाउँदै आर्थिक समृद्धि गर्ने, मगरहरुको राजनैतिक सशक्तीकरण गर्ने गरेर चार खम्बे नीति अबलम्बन गरिएको छ ।

नेपाल मगर संघ केन्द्रीय समितिले फागुन १५ लाई संघको स्थापना दिवसको रुपमा २०५७ सालमा सम्पन्न छैठौं राष्ट्रिय महाधिवेशनदेखि सुरुवात गरी हरेक वर्ष मनाउने गरिरहेको नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुनमगरले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *