नाटो सदस्यता र युक्रेन युद्धमा हतियार सहयोग त्याग्न माग गर्दै फ्रान्समा प्रदर्शन
नेपाल प्रेस
२०७९ फागुन १५ गते १५:२५
काठमाडौ । फ्रान्सको राजधानी पेरिसमा फ्रान्सले नाटो सदस्यता त्याग्न र युक्रेनलाई हतियार सहयोग बन्द गर्न माग गर्दै प्रदर्शन भएको छ।
आइतबार भएको प्रदर्शनको नेतृत्व फ्रान्सको दक्षिणी पन्थी पार्टी लेस पाट्रीओसले आयोजना गरेको हो।
फ्रान्समा प्रदर्शन भएको रुसी मिडियाले प्राथमिकता दिएर कभर गरेका छन् । युरोपेली र अमेरिकी मिडियाले भने यो समाचारलाई प्राथमिकता दिएका छैनन्।
फ्रान्समा मात्रै होइन जर्मनीका सहरमा पनि युक्रेन युद्ध अन्त्य गर्न हतियार होइन कूटनीति प्रयोग गरेर शान्तिपूर्ण समाधानको पक्षमा सडकमा प्रदर्शनहरु भएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर