घरमा अचानक आगलागी हुँदा जलेर वृद्धको मृत्यु – Nepal Press

घरमा अचानक आगलागी हुँदा जलेर वृद्धको मृत्यु

लमजुङ । लमजुङ दोर्दी गाउँपालिका–८ बन्सार खिन्चोकबेँसीका ९१ वर्षीय हाङ्गी कामीको जलेर मृत्यु भएको छ ।

गए राति घरमा अचानक आगलागी हुँदा उनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

जस्तापाताको छाप्रोमा बस्दै आउनुभएका कामीको छाप्रोमा अचानक आगलागी भएको र अशक्त कारण बाहिर निस्किन नसक्दा जलेर मृत्यु भएको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ । चुलोमा बलेको आगो निभाउन बिर्सिदा आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

आगलागीबाट छाप्रो नजिकै रहेको सात भेडा, तीन भैँसी, छ राँगासमेत घाइते भएका छन् । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले आगलागीका घटना हुन नदिन सचेत बन्न आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर