प्रचण्ड-माधवको प्रशंसा गर्दै गगनले भने- पुस १० गते गल्ती भयो, सबैले बोध गरेर सच्यायौँ (भिडिओ) – Nepal Press

प्रचण्ड-माधवको प्रशंसा गर्दै गगनले भने- पुस १० गते गल्ती भयो, सबैले बोध गरेर सच्यायौँ (भिडिओ)

केन्द्रदेखि प्रदेशसम्म यही गठबन्धनको सरकार बन्ने दाबी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री बन्ने विषयमा मात्रै नसोचेको बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सत्य कुरालाई सही भन्न सक्नुपर्ने बताए।

उनले भने, ‘माओवादी केन्द्रको अध्यक्षले आफू प्रधानमन्त्री मात्रै हुने कुरा सोचेको भए। आजको दिनमा एमालेसँग भएको गठबन्धन छोड्नै पर्दैनथ्यो। एमालेसँगको गठबन्धनमा पनि राष्ट्रपति एमालेले पाउँथ्यो। माओवादीले पाउँदैनथ्यो। अहिलेको गठबन्धनमा कांग्रेसको उम्मेदवार बन्नुभएको छ। यो गठबन्धनमा आएर माओवादीले धेरै कुरा पाएको होइन।’

एमालेसँगकै गठबन्धन बलियो बनाएको भए प्रचण्डले धेरै वर्ष प्रधानमन्त्री बन्न सक्ने ठाउँ रहेको उनको भनाइ छ।

उनले प्रचण्ड मात्रै नभएर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि चाहेको भए राष्ट्रपति बन्न सक्ने अवस्था बनेको बताए।

उनले पुस १० मा भएको गल्तीलाई सच्चाएर अस्वाभाविक रूपमा बनेको गठबन्धन घाम लागेका बेलामा भत्काएको टिप्पणी गरे।

उनले अब केन्द्रदेखि प्रदेशसम्म आठ दलीय गठबन्धनको सरकार बन्ने दाबी गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर