एमाले र राप्रपाको ढोक्सामा माछा पर्नेछैन : विमलेन्द्र निधि (भिडिओ) – Nepal Press

एमाले र राप्रपाको ढोक्सामा माछा पर्नेछैन : विमलेन्द्र निधि (भिडिओ)

जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले अब नेकपा एमाले र राप्रपाको ढोक्सामा माछा नपर्ने दाबी गरेका छन् ।

नेपाल प्रेस युनियनद्वारा जनकपुरधाममा आयोजित एक कार्यक्रममा नेता निधिले नेकपा एमाले र राप्रपाले ठेक्का लिँदैमा ढोक्सामा माछा नपर्ने बताए ।

‘नेपाली कांग्रेस, सत्ताधारी प्रधानमन्त्री र समर्थन गरेका दलहरुबाहेक अरुको ढोक्सामा माछा पर्नेवाला छैन’, उनले भने, ‘हाम्रो ढोक्सामा माछा आइसक्यो ।’

नेता निधिले अहिलेको राजनीतिक घटनाक्रमबारे धेरै डिटेल बताउन नसक्ने तर वर्तमान सरकारमाथि कुनै खतरा नरहेको जिकि गरे ।

‘नेकपा एमाले र राप्रापाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ’, उनले थपे, ‘उहाँले जतिबेला विश्वासको मत लिनुहुन्छ । हामीले दिएकै छौं । अहिले पनि दिन्छौं ।’


प्रतिक्रिया

One thought on “एमाले र राप्रपाको ढोक्सामा माछा पर्नेछैन : विमलेन्द्र निधि (भिडिओ)

  1. तिमीहरूको के हैसियत छ र सार्वजनिक रूपमा बोल्छौ ? स्वाभिमान नभएका, विदेशीका गुलामहरू हौ ८ दल भनेको । काँग्रेस भनेको सधैं भारतको गुलाम हो । पद पाइन्छ भने देशै बेच्छौ तिमीहरू । देश लुटनेभन्दा अरू केही गरेका छैनौ तिमीहरूले अहिलेसम्म । माओवादी नेपालमा नियन्त्रित अस्थिरता बनाईराख्न भारतले जन्माएको पार्टी हो । उसको काम भनेको नेपालका राष्ट्रवादी शक्तिलाई प्रहार गर्ने र देशमा अस्थिरता मच्चाईरहने हो ।५२ सालदेखि अस्ति पुस १० को सहमति अनि फागुन १० को प्रचण्डको काम हरेक पटक उसले देशमा अस्थिरता ल्याउने काम मात्र गरेको छ । आफू प्रधानमन्त्री हुँदा समेत आफै सरकारलाई अस्थिर बनाउने काम प्रचण्डले गरेको छ । माधव नेपालको झुण्ड भनेको मन्त्री खान पार्टी फुटाउनेहरूको जमात हो । मन्त्री खान नपाएर रिसाएका बेलामा दिल्लीले उपयोग गरेर एमाले विरूद्व प्रयोग गरेको हो । त्यसलाई काँग्रेसले अलिअलि भोट दिएर १० सिट जितायो । जनताले हराए किनकी राष्ट्रिय पार्टी नै बनेन । अब तराईका पार्टी त सिधै दिल्ली र लैनचौरका गुलाम मात्र हुन् । सबैभन्दा बढी तराई मधेशका जनतालाई हेप्ने, शोषण गर्ने, ठग्नेहरूका पार्टी हुन् ती । पछिल्लो पटक जन्मेको नमगरिक उन्मुक्ति पार्टीलाई हेरोैं । उसले पुस १० मा स्वविवेकले निर्णय गर्यो । तर पछि दिल्लीले हप्कायो किन पुस १० को सहमतिमा सामेल भइस भनेर । त्यसपछि त्यो पार्टीले दिल्लीको आदेशमा सुदुरपश्चिममा सभामुखमा माओवादीलाई भोट हाल्यो । तर मुख्यमन्त्रीमा एमालेलाई हालेन । किन भनेर सोध्दा हाम्रा माग पूरा भएनन भनेर भन्यो । माग पूरा नहुन्जेल कसैलाई पनि नसघाउने भन्यो । होला त उसको मान्यता भन्ने लाग्यो । तर त्यो मागको कुरा त एमालेलाई भोट नहाल्न दिल्लीले दिएको आदेश पालना गर्न भनिएको मात्र रहेछ । अहिले काँग्रेसको मुख्यमन्त्रीलाई उनीहरू भोट हाल्दैछन् । यो बीचमा उनीहरूको के माग पूरा भयो र भोट हाल्दैछन् ? यो केवल दिल्लीको आदेश पालना गरेका हुन् तिनीहरूले । अब दिल्लीले ८ दलको बन्ने सरकारलाई पनि अस्थिर नै बनाईराख्छ । अस्थिरताको बीचमा उसले तीनवटा काम गराउँछ नेपालको सरकारलाई । १) चिनतर्फको कनेक्टिभिटी बढाउने काम ठप्प नै बनाउन लगाउँछ । २) नेपालको हाईड्रोमा अरूको लगानी निषेध गराएर आफ्ना कम्पनीहरूलाई मात्र लगानी गर्न पाउने बनाएर विजुली सबै भारत लैजान्छ । ३) नेपालमा केही हुँदैन भन्ने भाष्य निर्माण गरेर नेपाली युवाहरूलाई नफर्कने गरी विदेश पलायन गराएर नयाँ नागरिकता विधेयक पास गर्न लगाएर नेपालमा भारतीयहरू हुलेर देश कब्जा गर्छ । यि ८ दल कतिपय नजानेर र धेरै चाहिँ लोभले, डरले र कतिपय पार्टी दिल्लीले नै चलाएकाले दिल्लीको यो मिसनमा साथ दिईरहेका छन् ।देशभक्त नेपाली जनता सचेत हुनु जरूरी छ । एमालेले दिल्लीको हरेक कदम विरूद्व बाँकी विश्व र त्यसमा पनि चीनको साथ लिएर दिल्लीको कुत्सित उद्देश्य पूरा हुन दिनु हुँदैन । जनतालाई यश बारेमा सचेत समेत गराओस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर