लघुवित्त पीडितले गरे उदयपुर सीडीओ अगाडि प्रदर्शन (भिडिओ)
काठमाडौं । लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै लघुवित्त पीडितहरुले जिल्ला प्रशासन कार्यालय उदयपुर अगाडि धर्ना दिएका छन् ।
जिल्लाका विभिन्न स्थानबाट प्रदर्शनसहित आएका उनीहरुले मंगलबार प्रशासन कार्यालय अगाडि धर्ना दिएका हुन् । उनीहरुले लघुवित्तीय संस्थाहरूबाट आफूहरू पीडित भएको भन्दै लघुवित्त खारेजीको माग गरेका छन् ।
त्यस्तै, उनीहरुले नवसामन्तीको रुपमा स्थापित लघुवित्त संस्थाहरु खारेज गर, लघुवित्त संस्थाहरुद्वारा लगानी गरिएको सामूहिक कर्जा मिनाह गर, आम गरिबी किसानलाई निःशुल्क कर्जा प्रदान गर, आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था गर लगायतका माग राखेका छन् । ५ बुँदे माग राखी लघुवित्त संस्थाविरुद्ध उदयपुरका स्थानीयहरु आन्दोलित बनेका छन् ।