जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा सातामा ३ उडान गर्ने, कुवेतको भाडा २८ हजार – Nepal Press

जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा सातामा ३ उडान गर्ने, कुवेतको भाडा २८ हजार

काठमाडौं । जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सातामा ३ वटा उडान गर्ने भएको छ । भैरहवामा फागुन २५ गतेदेखि आफ्नो निर्धारित उडानहरू पुनः शुरु गर्ने घोषणा गरेको हो ।

जजिरा एयरवेजले फागुन २५ गतेदेखि भैरहवाबाट साप्ताहिक (हप्ता) रूपमा ३ वटा उडान गर्नेछ । जजिराले भैरहवाबाट कुवेतको लागि मंगलबार, बिहीबार र शनिवार नेपाली समय अनुसार बिहान ८ः०५ बजे उडान भर्ने छ । कुवेतमा स्थानीय समय अनुसार बिहान १०ः५५ बजे अवतरण गर्ने छ ।

साथै जजि+रा एयरवेजले भैरहवादेखि कुवेतसम्म २८ हजार ८३६ रुपैयाँमा विशेष प्रारम्भिक एकतर्फी उडानका भाडा कायम गरेको छ ।

नेपाल स्थित जजिरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसका अध्यक्ष रविचन्द्र सिंहले भने, ‘नेपालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालको समग्र पर्यटनमा सहयोग गर्ने जजिरा एयरवेजको प्रतिबद्धता अनुसार नै हामीले मध्य पूर्वमा बसोबास गर्ने विशेष गरी भारतीय नागरिकहरूका बीचमा लुम्बिनीलाई भगवान् बुद्धको जन्मस्थल साथसाथै आध्यात्मिक गन्तव्यको रूपमा प्रवर्द्धन गर्दै छौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर