प्रम कार्यालयका उपसचिवलाई पर्यटन बोर्डको खर्चमा जर्मन लैजान दबाब, फजुल खर्च बढाएर हिमालयन ट्राभल मार्टको बजेट कटौती गर्ने प्रस्ताव – Nepal Press

प्रम कार्यालयका उपसचिवलाई पर्यटन बोर्डको खर्चमा जर्मन लैजान दबाब, फजुल खर्च बढाएर हिमालयन ट्राभल मार्टको बजेट कटौती गर्ने प्रस्ताव

काठमाडौं । हिमालयन ट्राभल मार्टको बजेट कटौती हुने भएको छ । नेपाल पर्यटन बोर्डको बैठकबाट यसअघि बजेटमा बिनियोजन भएको रकम कटौति गर्न लागिएको हो ।

पर्यटन बोर्ड स्रोतका अनुसार आज बस्ने बोर्ड बैठकमा प्रधानमन्त्री कार्यालयका उपसचिव गोकुल बस्नेतलाई समेत बोर्डकै खर्चमा युरोप भ्रमणमा लैजाने तयारी समेत भएको छ ।

विश्वको स्थापित पर्यटन मेला ‘आइटिवी बर्लिन’मा बोर्ड अध्यक्ष तथा पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीलाई पठाउने मन्त्रिपरिषदले निर्णय गरेको छ ।

नेपाल सरकारले खर्च कटौतीमा जोड दिइरहेको समयमा जर्मनीमा हुने सो कार्यक्रममा सचिवसँगै प्रधानमन्त्री कार्यालयका उपसचिवलाई बोर्डको खर्चमा पठाउँन लागिएकोमा केही सदस्यले असन्तुष्टि जनाएका छन् ।

बोर्डका कार्यकारी अधिकृतमार्फत उनलाई जर्मनी लैजान र खर्च समेत व्यहोर्न दबाब दिइएको बताइएको छ ।

नेपाल पर्यटन बोर्डको आम्दानीमा समस्या भएको र देशमा आर्थिक समस्या भएको बेला यस्तो भ्रमण हुन लागेकोमा बोर्डभित्रै असन्तुस्टी आएको छ।

बोर्डका स्रोतले भन्यो “बोर्डको बजेट नचाँहिदो ठाउँमा विनियोजित भएको भनेर प्रमुख कार्यकारी अधिकृत आफैंले भन्नुभएको थियो । तर अहिले प्रधानमन्त्री कार्यालयका उपसचिवको अनावश्यक भ्रमणका एजेण्डा बोर्डमा लगेर पारित गर्न खोजिएको छ ।

यस्तै, आज ५ बजे बस्ने तयारी भएको बोर्ड बैठकले हिमालयन ट्राभल मार्टलाई विनियोजित रकमलाई रकमान्तर गर्ने विषयमा निर्णय लिन
लागेको सुत्रले बताएको छ। हिमालयन ट्राभल मार्ट नेपाल पर्यटन बोर्डले बजेट छुट्याएको क्ल्यालेन्डर इभेन्ट हो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर