‘कोसी’ले प्रदेश १ बासीको भावना समेट्छ : नेपाली कांग्रेस
नेपाल प्रेस
२०७९ फागुन १७ गते १६:३१
विराटनगर । नेपाली कांग्रेस प्रदेश १ का प्रदेश सभाका प्रमुख सचेतक भुपेन्द्र राईले प्रदेश १ को नाम कोसी पारित गर्नुपर्ने बताएका छन् ।
प्रदेश १ सभामा कोसी नामको प्रस्तावमा धारणा राख्दै राईले कोसी प्रदेशको प्रस्तावमा मतदान गर्न संसदहरुलाई आह्वान गरे ।
उनले कांग्रेस जातिय पहिचान विरोधी नभएको भन्दै नामको हलो अड्काएर राख्न नहुने भन्दै कोसी नामको प्रस्तावमा मत हाल्न आह्वान गरे ।
उनले प्रदेशको नाम कोसी राख्दा सबैको सम्मान हुने तर्क प्रस्तुत गरे ।
प्रतिक्रिया