रुपन्देही सुपर लिगः वेस्टर्न ९० रनले विजयी – Nepal Press

रुपन्देही सुपर लिगः वेस्टर्न ९० रनले विजयी

रुपन्देही । रुपन्देहीको क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रक्रियोगितामा बीएमडब्लु वेस्टर्न क्रिकेट क्लब विजयी भएको छ । डिभिजन ‘ए’ अन्तर्गत बुधबारको खेलमा शंकरनगर क्रिकेट क्लबलाई वेस्टर्नले ९० रनले पराजित गरेको हो ।

सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको वेस्टर्नले निर्धारित ५० ओभरको खेलमा ४६.१ ओभरमा सबै विकेट गुमाउँदै २२३ रनको योगफल बनायो । उसका लागि रोहित पासवानले ४६, रञ्जित खड्काले ४२, सुशान्त अर्यालले ३१, अनिल शाहले २०, भुवन पाण्डेले १३ र सन्देश थापाले १२ रन बनाए । बलिङमा शंकरनगरका केशव पौडेल र विष्णु पाण्डेले समान ३-३ तथा महेन्द्र सुवेदी क्षेत्रीले २ र पदम ज्ञवालीले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको शंकरनगर ४५ ओभरमा सबै विकेटको नोक्सानीमा १३३ रनमै समेटियो । उसलाई सस्तैमा रोक्न बलिङमा वेस्टर्नका सन्देश थापा र अभिषेक गौतमले समान ३-३ तथा भुवन पाण्डेले २ र अनिल खरेल र अनिल शाहले १-१ विकेट लिए ।

शंकरनगरका केशव पौडेलले ३५, पदम ज्ञवालीले २४ र विष्णु पाण्डेले १८ रन जोडे । खेलमा वेस्टर्नका रोहित पासवान म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले बताए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगिताका विजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलका म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर