रामचन्द्र पौडेल हस्तक्षेपकारी राष्ट्रपति नभएर देशको अभिभावक बन्नुहुन्छ : प्रदीप पौडेल – Nepal Press

रामचन्द्र पौडेल हस्तक्षेपकारी राष्ट्रपति नभएर देशको अभिभावक बन्नुहुन्छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका रामचन्द्र पौडेललाई जिताउनका लागि अभिमुखीकरण गरिएको बताए ।

कार्यक्रममा आठ दलकै नेताहरुलाई पौडेललाई जिताउन मत मागेको उनले बताए ।

‘राष्ट्रपति पदको मर्यादा कायम राख्ने, राष्ट्रियता, राष्ट्रिय स्वाभीमान र संविधानको रक्षा गर्दै अगाडि बढ्ने प्रतिवद्धता राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलबाट आइसकेको छ’, उनले भने, ‘हामीले चाहेको भनेको विगतमा राष्ट्रपतिबाट जे जे भए अब कुनै पार्टीको, कुनै गुटको नबन्ने अवस्था हुनुपर्छ र हस्तक्षेपकारी भूमिका नुहने र देशको अभिभावक बन्ने परिस्थित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि हुन्छ भन्ने लागेको छ ।’

आठ दलका नेताहरु एकै ठाउँ भएर रामचन्द्र पौडेलको पक्षमा मत मागिएको उनले बताए ।

 


प्रतिक्रिया

One thought on “रामचन्द्र पौडेल हस्तक्षेपकारी राष्ट्रपति नभएर देशको अभिभावक बन्नुहुन्छ : प्रदीप पौडेल

  1. किन खोक्छौ ? राववरण पनि तिमीले नै बनाएको राष्ट्रपति होईनन ? छुट्टै पावर सेन्टर चलाएर काम गर्नै दिएनन भनेर त्यतिबेला कराउने , लाक्षी प्रचण्ड अहिले पनि त्यहि पदमा छन् । नचिनेको काँग्रेस कहाँ हो र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर