आठ दलका सांसदसँग रामचन्द्र पौडेलको प्रतिबद्धता- प्रधानमन्त्रीको निर्णय बाहिर गएर विवादित बन्दिनँ – Nepal Press

आठ दलका सांसदसँग रामचन्द्र पौडेलको प्रतिबद्धता- प्रधानमन्त्रीको निर्णय बाहिर गएर विवादित बन्दिनँ

काठमाडौं । आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेको रामचन्द्र पौडेलले आफू विवादित भएर कुनै काम नगर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

गठबन्धन दलको सांसदलाई प्रशिक्षण कार्यक्रमलाई बोल्दै उनले प्रधानमन्त्रीले गरेको निर्णयभन्दा बाहिर गएर आफूले कुनै निर्णय नगर्ने उद्घोष गरे ।

सांसदहरुलाई आश्वस्त पार्दै पौडेलले भने, ‘म तडकभडकसहित जान्नँ । प्रधानमन्त्री नै राष्ट्रपतिको प्रमुख सल्लाहकार हो । प्रधानमन्त्रीले गरेको निर्णयभन्दा बाहिर गएर काम गर्ने मेरो कुनै इच्छा हुँदैन । म आफू विवादित भएर काम गर्न चाहन्नँ ।’

 


प्रतिक्रिया

One thought on “आठ दलका सांसदसँग रामचन्द्र पौडेलको प्रतिबद्धता- प्रधानमन्त्रीको निर्णय बाहिर गएर विवादित बन्दिनँ

  1. प्रधानमन्त्री देश बेच्ने निर्णय गर्दै जान्छन तिमी सदर गर्दै जान्छौ । विरोध गर्दैनौ । भारतको आदेश पालक हौ दुवै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर