कांग्रेस प्रवक्ता महतकाे दाबी- राष्ट्रपतिमा १० दलको समर्थन हुन्छ – Nepal Press

कांग्रेस प्रवक्ता महतकाे दाबी- राष्ट्रपतिमा १० दलको समर्थन हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई १० दलको समर्थन रहने दाबी गरेका छन् ।

आठ दलको सांसदहरुको प्रशिक्षण कार्यक्रमपछि उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डजीले भनिसक्नुभयो ८ दल मात्रै होइन १० दल भइसक्या छ अझ ११ दलको समर्थन पुग्ने भरपुर स्थिति छ । संघमा नभए पनि प्रदेश सदस्यहरुको भूमिका हुन्छ । त्यसअर्थमा दश दल अर्को अर्को केन्द्रमा रहेका महत्वपूर्ण दलको सहयोग हुने अपेक्षा गरेका छौं ।’

उनले कांग्रेसको तर्फबाट अगाडि सारेको राष्ट्रपतिको उम्मेवार पौडेल उपयुक्त पात्र भएको बताए ।

‘आठ दलले हाम्रो पार्टीको वरिष्ठ नेता रामचन्द्र पौडेलजीलाई राष्ट्रपतिमा अगाडि सारेको छ । राष्ट्रिय सभा र प्रतिनिधि सभामा सदस्यहरुलाई उम्मेदवार रामचन्द्रजीले पनि आफ्नो धारणा राख्नुभयो, सँगसँगै उहाँलाई राष्ट्रपतिको उम्मेदवारको रुपमा उहाँलाई खडा गरे ? उहाँहरुले किन समर्थन गर्यौं भन्ने बताउनुभयो’ प्रवक्ता महतले भने ।


प्रतिक्रिया

One thought on “कांग्रेस प्रवक्ता महतकाे दाबी- राष्ट्रपतिमा १० दलको समर्थन हुन्छ

  1. क्वात्रवादीहरू जति दल भए पनि हैसियत केही छैन । स्वाभिमान नभएकाहरू, बेचिएकाहरूको के कुरा गर्नु ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर