संघीयता कार्यान्वयनमा कांग्रेस सुस्त देखियो: मुख्यमन्त्री यादव – Nepal Press

संघीयता कार्यान्वयनमा कांग्रेस सुस्त देखियो: मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले संघीयता कार्यान्वयनमा नेपाली कांग्रेस सुस्त देखिएको टिप्पणी गरेका छन् ।

राष्ट्रपति निर्वाचनका लागि ८ दलीय गठबन्धनले प्रदेशसभा सदस्यहरुका लागि जनकपुरधाममा आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले यस्तो टिप्पणी गरेका हुन् ।

उनले राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई नै मतदान गर्ने तर संघीयता कार्यान्वयणका लागि कांग्रेसले भुमिका खेल्नुपर्नेमा जोड दिए । उनले कांग्रेस सभापति डेढ वर्ष प्रधानमन्त्री हुँदा पनि संघीयतामा चासो नदेखाएको गुनासो गरे ।

‘कर्मचारी समायोजना लगायतका कामका लागि काँग्रेस नेतृत्वमा सरकार बनाएका थियौं’, उनले भने, ‘तर प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु धर्नामा बस्दा पनि केहि गर्नुभएन ।’

‘अहिले पनि हाम्रो गठबन्धनकै प्रधानमन्त्री हुनुहुन्छ’, उनले भने, ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकेलगत्तै संघीयता कार्यान्वयणका लागि कर्मचारी र प्रहरी समायोजन गर्नुपर्छ । र नागरिकता समस्या पनि समाधान गर्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर