ढुलमुले माओवादीको समग्र पराजय, अवसरवादविरोधी संघर्षको विजय – Nepal Press
विचार

ढुलमुले माओवादीको समग्र पराजय, अवसरवादविरोधी संघर्षको विजय

विश्व कम्युनिष्ट आन्दोलनमा झैँ नेपाली कम्युनिष्ट आन्दोलनमा मार्क्सवाद र अवसरवादकाबीच संर्घष चल्दै आइरहेको छ । विश्वका अनेक कम्युनिष्ट पार्टीभित्र चलेका यस्ता संर्घषहरूमा प्रशस्तै भ्रम र अन्यौलहरू थिए । ती सबै भ्रमहरूलाई परास्त गरेर नै कम्युनिष्ट आन्दोलनले अवसरवादीहरूबाट जोगाएको छ । विश्व कम्युनिष्ट आन्दोलनमा कार्ल मार्क्सदेखि मदन भण्डारी , क्रिस हनीसम्मले मार्क्सवादको अस्तित्व, विकास र विजयकालागि दुई विपरीत अवसरवादविरुद्ध दृढतापूर्वक संघर्षको सञ्चालन र नेतृत्व गरेका छन् । नेपालको कम्युनिष्ट आन्दोलनले दक्षिणपन्थी अवसरवाद र उग्रपन्थी अवसरवादका विरुद्ध निरन्तर संघर्ष गर्दै आएको छ । यसमा सफलता पाएको पनि छ ।

फ्रान्सेली राज्य क्रान्तिका बेला सामन्तवादका विरुद्ध पुँजीपति वर्गले क्रान्तिको नेतृत्व गरेको थियो । तर, त्यसपछिका क्रान्तिमा पूँजीपति वर्गले सामन्तवादसँग सम्झौता गरेकाले पूँजीवादी जनवादी क्रान्तिको नेतृत्व गर्ने अभिभारा सर्वहारा वर्गको काँधमा आएको थियो । यही अभिभारा पूरा गर्ने क्रममा रुस, चीन, भियतनाम, कोरियाजस्ता देशहरूमा कम्युनिष्ट पार्टीले पूँजीवादी क्रान्तिको नेतृत्व गरी सामन्तवादविरोधी संघर्षको नेतृत्व गर्दै आएको छ । फ्रान्सेली राज्य क्रान्तिमा झैँ नेपाली सामन्तवादविरोधी संघर्षको नेतृत्व पनि पूँजीपति वर्गले गर्ने विश्वास बोकेर लामो समयसम्म नेपाली कम्युनिष्ट आन्दोलन भ्रमित बन्यो । राजतन्त्रविरोधी संघर्षले पनि सफलता प्राप्त गर्न लामो समय लाग्यो । नेपाली कम्युनिष्ट आन्दोलनभित्र प्रारम्भिक दिनमा नै हुर्किएको यस्तो खाले दक्षिणपन्थी विचारका विरुद्ध संघर्ष गरेर नै पार्टीमा र नेपाली क्रान्तिमा ऐतिहासिक भूमिका र नेतृत्वदायी विचार स्थापित भएको छ ।

नब्बेको दशकमा विश्वभर समाजवादले धक्का खानु परेपछि नेपालको कम्युनिष्ट आन्दोलनभित्रको एउटा पङ गम्भीर अवसरवादी विचलन देखा पर्‍यो । मार्क्सवादको औचित्य समाप्त भएको ठान्ने, आन्दोलनको ऐतिहासिक कार्यभार बिर्सन पुग्ने, पलायनवादी प्रवृत्ति देखापर्यो ।केही मानिसहरू कम्युनिष्ट आन्दोलनबाट भागे । यी भगुवाहरूले आन्दोलनलाई भ्रमित पार्न र भाड्नपनि कोसिस गरे । यिनका विरुद्ध दृढ वैचारिक संघर्ष गरेर, मार्क्सवादका प्रति आफ्नो दृढता व्यक्त गरेर मात्रै दक्षिणपन्थी अवसरवादलाई पराजित गर्न र मार्क्सवादको सिर्जनात्मक प्रयोग गरी क्रान्तिकारी झण्डालाई फहराइरहन सम्भव भएको हो ।लोकतान्त्रिक आन्दोलनमा सफलता प्राप्त भएको हो ।

अहिले प्रचण्डपन्थीहरू सत्ताका लागि जे पनि गर्न तयार देखिएका छन् । संसदमा छन् तर संसदीय मर्यादाविपरीत काम गर्छन् । एउटासँग गठबन्धनमा चुनाव लड्छन् र निर्वाचनको लगत्तै विपक्षीसँग गठबन्धन गर्न लालायित हुन्छन् । सत्ताका लागि जे पनि जायज भन्ने भाष्य निर्माण गर्न कुतर्कको सहारा लिन्छन् । उनीहरूलाई आफैं एक्लै जनताका बीच जान, विगतमा अघि सारिएका वाचाहरू सम्बोधन गर्न, आफ्नो विगतको अतिवादी हिंस्रक अनुहारलाई लोकतान्त्रिक अनुहारमा रूपान्तरण गर्न कठिन भएको छ ।

नेपाली कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवादसँग मात्र होइन, उग्र वामपन्थी अवसरवादका विरुद्धमा निर्णायक संघर्ष भएका छन् । सन्१९७० को दशकमा विश्व कम्युनिष्ट आन्दोलनमा आएको फुट र विभाजन, चिनियाँ सांस्कृतिक क्रान्ति र भारतको नक्सलवादी आन्दोलनको प्रभावमा नेपालको कम्युनिष्ट आन्दोलनमा उग्रवादको प्रभाव पर्‍यो । एक एरिया, एक युनिट, एक स्क्वाड, एक एक्सनका आधारमा आधार इलाका निर्माणका अवस्तुवादी सोच, वर्ग शत्रु खतमको अत्यन्तै सतही र अव्यवहारिक कार्यनीति अपनाइएको झापा विद्रोह सफल हुन सकेन । त्यतिबेलाको नेतृत्वले विदेशी प्रभाव, जडसूत्रवादी, पुस्तकपन्थी, प्रकृतिका विरुद्ध संघर्ष गरेर नै आन्दोलनले अग्र गति प्राप्त गरेको हो ।

उग्रवामपन्थीहरूमा अदम्य जोश र उत्साह भएपनि देशको भूराजनीतिक यथार्थ, वर्ग सम्बन्धको विद्यमान अवस्था, वर्ग र त्यसका अन्तर्विरोध सञ्चालनको विधि सम्बन्धमा मनोगत आग्रह रहने गर्दछ । यही आग्रहले खुट्टाको नापमा जुत्ता होइन, जुत्ताको नापमा खुट्टा बनाउने योजना निर्माण गर्दछ । आन्दोलनका आधारभूत शक्ति, भरपर्दो शक्ति, सहायक शक्ति र उपयोग गर्नुपर्ने शक्ति र साथै लानुपर्ने शक्तिको विन्यास गर्न सक्ने दृष्टिकोणका अभावका कारण नै उग्र वामपन्थी गल्तीहरू हुने गर्दछन् । अव्यवहारिक र क्रान्तिकारी रुमानीपनका विरुद्धमा तीव्र वैचारिक संघर्ष चलाएर मात्रै त्यस्ता प्रवृत्तिलाई पराजित गर्न सकिन्छ। नेपालमा वामपन्थी अवसरवादसँग संघर्ष गरेर नै मदन भण्डारीको अगुवाइमा नेपाली क्रान्तिको कार्यक्रमका रूपमा जनताको बहुदलीय जनवादलाई संश्लेषण गर्न सकिएको हो । मार्क्सवादको सिर्जनात्मक प्रयोग अघि बढेको हो ।

नेपाली कम्युनिष्ट आन्दोलनमा झापा विद्रोहका माध्यमबाट हुर्किएको उग्र वामपन्थी भड्कावलाई समयमै सच्याइएपनि नेकपा चौथो महाधिवेशनको मोहनविक्रम स्कुलबाट दीक्षित उग्रवामपन्थ आजपनि नेपाली राजनीतिमा दक्षिणपन्थीहरूको सत्ता साझेदार बनिरहेको छ । यो प्रवृत्ति नै नेपाली कम्युनिष्ट आन्दोलनको उत्थानमा बाधक बनेको छ । कम्युनिष्ट पार्टीसँगको सहकार्यको बदलेर कांग्रेससँग सहकार्यको सरकार स्थापित गर्ने माओवादी सोच नै वामपन्थीमा आन्दोलनको चुनौती बनेको छ । चौथो महाधिवेशनबाट प्रारम्भ भई २०५२ सालबाट माओवादीका नामबाट यात्रा गरेको यो उग्र वामपन्थ वैचारिकरूपमा सबैभन्दा बढी अन्योलग्रस्त दलको रूपमा रहेको छ । वैचारिक अस्पष्टता नै उग्रवादका विशेषता हुन्छ ।

अलि पहिले माओवादीहरू ०६२/०६३ को आन्दोलनको पेटेन्ट राइटका कुरा गरिरहेका हुन्थे । संघीयतामा हक स्थापित गर्न खोज्थे तर कांग्रेससँग सहकार्य थालेपछि संघीयताविपरीतका गतिविधि गरिरहेका हुन्छन् । माओवादीहरूका भ्रमपूर्ण तर्कहरूमा तथाकथित वुद्धिजीविहरू र कम्युनिष्ट आन्दोलनका घुसपैठियाहरू समेतले मलजल गरिरहेका छन् ।

अहिले प्रचण्डपन्थीहरू सत्ताका लागि जे पनि गर्न तयार देखिएका छन् । संसदमा छन् तर संसदीय मर्यादाविपरीत काम गर्छन् । एउटासँग गठबन्धनमा चुनाव लड्छन् र निर्वाचनको लगत्तै विपक्षीसँग गठबन्धन गर्न लालायित हुन्छन् । सत्ताका लागि जे पनि जायज भन्ने भाष्य निर्माण गर्न कुतर्कको सहारा लिन्छन् । उनीहरूलाई आफैं एक्लै जनताका बीच जान, विगतमा अघि सारिएका वाचाहरू सम्बोधन गर्न, आफ्नो विगतको अतिवादी हिंस्रक अनुहारलाई लोकतान्त्रिक अनुहारमा रूपान्तरण गर्न कठिन भएको छ । अवसर र सत्ताका लागि कहिले काँग्रेस त कहिले एमालेसँग जोडिनु र पद, पैसा र प्रोपगाण्डाका लागि सत्ताको दुरुपयोग गर्नु उनीहरूका लागि सामान्य भएको छ । निर्वाचनमा बनाएको गठबन्धन सरकार बनाउँदा छाड्नु अनि राष्ट्रपति निर्वाचनमा लम्पसार पर्नुले उग्र वामपन्थको दक्षिणपन्थी यात्रा तीव्र हुन्छ भन्ने तर्कको पुष्टि गर्दछ । कम्युनिष्टहरुका विरुद्ध काङंग्रेससँगको गठबन्धन नै सहज ठान्नु रायमाझीले राजासँगको सहकार्यलाई सही माने जस्तै दक्षिणपन्थी यात्रा हो । काँग्रेसलाई राष्ट्रपति बनाएर उसैमार्फत मुलुकको समृद्धि सम्भव ठान्नु र यो गठबन्धन दुई दशकसम्म लान्छु भन्नु वैचारिक विचलनमात्रै हो ।

प्रचण्डपन्थीहरूका यस्ता खाले अभिव्यक्तिले विगतको विद्रोह जनताका हितमा होइन, कसैका इशारामा मुलुकको स्वाधीनतालाई कमजोर बनाउन केवल सत्ता स्वार्थमा केन्द्रीत भएको प्रष्ट हुन्छ । माओवादी पार्टीको सांगठनिक, वैचारिक र राजनीतिक अन्योल र द्विविधाले उनीहरूसँग वैचारिक कार्यदिशा नभएको प्रष्ट देखिन्छ । जसरीपनि सत्ता भन्ने कार्यनीति देखिन्छ । सत्ता बाहिर असुरक्षित ठान्ने मनोविज्ञानले जनतालाई विश्वास गर्दैन । शान्ति सम्झौतापछि एउटा खुट्टा संविधानसभामा र अर्को खुट्टा सहरिया विद्रोहमा टेकेको माओवादी अवसरवाद अहिले देउवाको बुई चढेर भविष्य सुनिश्चित हुने भ्रममा छ तर यो अवसरवादको भविष्य दुःखद हुने पनि निश्चित नै छ । आफ्ना सैद्धान्तिक भ्रमहरू लुकाउन माओवादीका नेताहरू व्यक्ति पिच्छे मात्रै होइन, बिहान बेलुका नै विरोधाभाषी तर्कहरू गरिरहेका हुन्छन् । तत्कालको कार्यनीति के हो भन्ने भ्रम नै नेपाली उग्रवामपन्थीहरूको भ्रम हो ।

नेपालको कम्युनिष्ट आन्दोलनमा एमाले आन्दोलनको लोकतान्त्रिक क्रान्तिकारी धारको प्रतिनिधित्व गर्दछ भने माओवादी अस्थिर, अस्पष्ट र अवसरवादी, धारको प्रतिनिधित्व गर्दछ । सत्ताका लागि जे पनि र जोसँगपनि सहकार्य गर्न सकिने मान्यता राखेर माओवादीहरूको बामपन्थ दक्षिणपन्थी भासमा भासिएको छ । यो प्रवृत्तिबाट कम्युनिष्ट आन्दोलनले क्षति व्यहोरेको मात्र होइन मुलुकले दु:ख पाइरहेको छ ।

अलि पहिले माओवादीहरू ०६२/०६३ को आन्दोलनको पेटेन्ट राइटका कुरा गरी रहेका हुन्थे । संघीयतामा हक स्थापित गर्न खोज्थे तर कांग्रेससँग सहकार्य थालेपछि संघीयताविपरीतका गतिविधि गरिरहेका हुन्छन् । माओवादीहरूका भ्रमपूर्ण तर्कहरूमा तथाकथित वुद्धिजीविहरु र कम्युनिष्ट आन्दोलनका घुसपैठियाहरू समेतले मलजल गरिरहेका छन् । खासमा माओवादीहरू आफ्नो अस्तित्व रक्षाका लागि मात्र लोकतान्त्रिक आन्दोलनमा लागेका थिए । एघार वर्षसम्मको जनयुद्धको व्यर्थता, आफैँभित्रको चरम संकटका कारण नै राज्यसत्ताको जन्म बन्दुकको नाल प्राप्त हुन्छ र सेना नभएको पार्टी कम्युनिष्ट पार्टी हुन सक्दैन भन्ने जस्ता अतिवादी निष्कर्षका भारीलाई बिसाएर लोकतान्त्रिकआन्दोलनमा सहभागी हुन आइपुगेका हुन् । ०६२ र ०६३ को आन्दोलनमा लतारिएर भएपनि माओवादी आइपुग्नु परम्परागत प्रचण्डपन्थीय मान्यताको पराजय थियो । यो आन्दोलनले नेपाली सामन्त वर्गको प्रतिनिधि राजालाई मात्र होइन, हिंसा हत्यालाई क्रान्तिको पवित्र माध्यम ठान्ने, जनताको संगठित शक्तिभन्दा माथि बन्दुकलाई राख्ने मान्यतालाई पनि पराजित गरेको थियो । यसै आन्दोलनले उग्रवापन्थलाई पनि पराजित गरेको थियो तर पराजित भएको यो प्रवृत्ति अहिले बेलगाम नेपाली कांग्रेसको बुई चढेर समाजवादमा पुग्ने दिवा स्वप्नमा मग्न छ ।दक्षिणपन्थी यात्रामा दौडिरहेको छ ।

नेपालको कम्युनिष्ट आन्दोलनमा एमाले आन्दोलनको लोकतान्त्रिक क्रान्तिकारी धारको प्रतिनिधित्व गर्दछ भने माओवादी अस्थिर, अस्पष्ट र अवसरवादी, धारको प्रतिनिधित्व गर्दछ । सत्ताका लागि जे पनि र जोसँगपनि सहकार्य गर्न सकिने मान्यता राखेर माओवादीहरूको वामपन्थ दक्षिणपन्थी भासमा भासिएको छ । यो प्रवृत्तिबाट कम्युनिष्ट आन्दोलनले क्षति व्यहोरेको मात्र होइन मुलुकले दु:ख पाइरहेको छ । स्वाधीनता र स्वतन्त्रता माथि खतरा पैदा भएको छ ।

कुनै बेला गिरिजाको देवत्वकरण गरी प्रशंसा गर्ने माओवादी, माधव नेपाललाई कठपुतली करार गर्ने गर्थे । विष वृक्ष ठान्थे । आज तिनै माधव नेपालको प्राण रक्षा गर्दै काँग्रेसलाई राष्ट्रपति बनाउन एकजुट बनेका छन् । यतिबेला जुन चरित्र प्रदर्शन माओवादीबाट भइरहेको छ त्यसले उनीहरू विश्वसनीय शक्ति होइनन् भन्ने पुष्टि हुन्छ । यस्ता ढुलमुले अवसरवादीहरूलाई परास्त गरेरमात्र कम्युनिष्ट आन्दोलनको अवसरवाद परास्त गर्न सकिन्छ ।

यतिबेला राष्ट्र राष्ट्रियताका पक्षमा उभिनु पर्नेमा कांग्रेससँगको सहकार्यमा लोकतान्त्रिक नेपालको र कम्युनिष्ट आन्दोलनको भविष्य देख्ने, एमालेविरोधी ध्रुवीकरणको पक्ष लिनेजस्ता माधव नेपालहरूका तर्क भड्काउयुक्त र हानिकारक छ । उनीहरूमा पनि दक्षिणपन्थी चरित्र प्रकट भएको छ । कसका सेवामा समर्पित छन् माधव नेपाल प्रष्ट भएको छ । नेपाली माओवादीहरूको चिनियाँ माओवादसँग कुनै सम्बन्ध साइनो देखिँदैन । तर पनि चिनियाँ सांस्कृतिक क्रान्तिको निरन्तर क्रान्तिको प्रस्तावनामा टेकेर नेपाली माओवादीहरूले आफ्नो यात्रा जारी राखेका छन् । उनीहरू एकको दुईमा विभाजन हुन्छ भन्ने विश्वास गरेर थाकेका छैनन् । यसै भएर उनीहरू एउटै दलमा नेताहरूमा एउटालाई गाली दिई रहँदा अर्कालाई ताली दिई रहेका हुन्छन् ।

माओवादीका गलत मान्यता कै कारण उनीहरू समाजको शान्तिपूर्ण रूपान्तरणलाई स्वीकार गर्दैनन्, विचारका आधारमा प्रतिस्पर्धा र श्रेष्ठता हासिल गर्ने सहज पद्धतिमा उनीहरूको विश्वास देखिँदैन । उनीहरू शान्ति प्रक्रियालाई टुङ्याउनुभन्दा सौदावाजीको साधन बनाइरहेका छन् । नागरिक पार्टीमा रूपान्तरण हुन अझै तयार छैनन् । विगतमा उनीहरू लोकतान्त्रिक संविधान होइन ,माओवादी छाप लागेको संविधान बनाउन चाहन्थे ।असफल भए । वहुलवादको अस्वीकार गरेर लोकतान्त्रिक संविधान र संसदीय सर्वोच्चताविपरीतका मान्यता अघि सारिरहेका छन्, कांग्रेससँग गठबन्धन पनि भन्ने समाजवादी केन्द्रको लोभपनि लाग्ने उनीहरू कार्यनीतिमा अस्पष्ट छन् । उनीहरूको तत्कालको कार्यनीतिक दृष्टिकोणमा संगति देखिँदैन । असङ्गतिपूर्ण विचार र व्यवहारका कारण उनीहरूको दक्षिणपन्थी यात्रा बेलगाम अघि बढिरहेको छ ।

उग्र वामपन्थी भड्काव कम्युनिष्ट आन्दोलनभित्र प्रवेश गरेको निम्न पूँजीवादी निराशा,आक्रोश, कुण्ठा र दम्भको उपज हुने गर्दछ । त्यही निम्न पूँजीवादी अधैर्यताका कारण नै माओवादीले विगतमा सशस्त्र युद्धको थालनी गर्‍यो, अधैर्यता कै कारणले उसले संविधानसभाको निर्वाचन पछि सहमतिको राजनीतिक यात्राबाट निषेधको यात्रा तर्फ लाग्यो । अधैर्यताका कारण संविधानसभा विघटन गर्‍यो । अधैर्यताका कारण एकताबद्ध भइरहेको कम्युनिष्ट आन्दोलन विभाजन गरेर कांग्रेससँग सहकार्यमा लाग्यो । उसको प्रयोग गर र फालको प्रचण्डपथीय मान्यताले कहिले कांग्रेसलाई त कहिले एमालेलाई उपयोग गरी रह्यो । वास्तवमा नेपाली माओवादीहरू अराजक मनोगतवादीहरु हुन् । उनीहरू आफ्ना फाइदाका लागि आफ्नै पार्टीको घोषित नीतिका विरुद्ध सहजै उभ्याउँछन्, विधि र प्रक्रियालाई अस्वीकार गर्दछन् । गल्ती, जीवन, जगत र वस्तुलाई बुझ्ने कुरा भुल्दछन् र आफैँलाई अजंगको बाघ ठान्छन् । वर्तमान अवस्थामा उनीहरूका विश्लेषणले उनीहरूलाई लोकतान्त्रिक क्रान्तिकारी बाटोमा हिँडाउँदैन ।

माओवादीका गलत मान्यता कै कारण उनीहरू समाजको शान्तिपूर्ण रूपान्तरणलाई स्वीकार गर्दैनन्, विचारका आधारमा प्रतिस्पर्धा र श्रेष्ठता हासिल गर्ने सहज पद्धतिमा उनीहरूको विश्वास देखिँदैन । उनीहरू शान्ति प्रक्रियालाई टुङ्याउनुभन्दा सौदावाजीको साधन बनाइरहेका छन् । नागरिक पार्टीमा रूपान्तरण हुन अझै तयार छैनन् ।

आज राष्ट्रिय स्वाधीनता , व्यक्तिगत स्वतन्त्रता, मानवअधिकारको प्रत्याभूति, अभिव्यक्ति स्वतन्त्रता, वहुलवादी खुल्ला समाज, जननिर्वाचित र उत्तरदायी सरकार नै लोकतन्त्रको मुख्य चासो हो । राजनीतिक दलहरूमा विधि र व्यवहारमा विश्वसनीयता हो । माओवादीहरूप्रति आज उही प्रश्न सोझिएको छ । यही बाटोमा हिँड्न माओवादीलाई बाध्य पारेर नै नेपाली वामपन्थी उग्रवादलाई लोकतान्त्रिक क्रान्तिकारी बनाउन सकिन्छ ।दक्षिणपन्थी हुनबाट जोगाउन सकिन्छ ।

कुनै वेला गिरिजाको देवत्वकरण गरी प्रशंसा गर्ने माओवादी, माधव नेपाललाई कठपुतली करार गर्ने गर्थे । विष वृक्ष ठान्थे । आज तिनै माधव नेपालको प्राण रक्षा गर्दै काँग्रेसलाई राष्ट्रपति बनाउन एकजुट बनेका छन् । यतिबेला जुन चरित्र प्रदर्शन माओवादीबाट भइरहेको छ त्यसले उनीहरू विश्वसनीय शक्ति होइनन् भन्ने पुष्टि हुन्छ । यस्ता ढुलमुले अवसरवादीहरूलाई परास्त गरेर मात्र कम्युनिष्ट आन्दोलनको अवसरवाद परास्त गर्न सकिन्छ । माओवादीले नेपाली राजनीतिको जो कोही पात्ररूपी मूर्तिको पवित्रीकरण गरी पूजा गरे पनि एकदिन ढुंगो ठानेर मिल्काउने छन्, यही सत्य बोध गर्ने जो कोही स्वाभिमानी नेपाली उग्र वामपन्थी अवसरवादका विरुद्ध संघर्ष गर्न सक्षम हुनेछन् । दक्षिणपन्थी अवसरवादलाई चिन्न सक्ने छन् ।

(लेखक दवाडी नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिवसमेत हुन् ।)


प्रतिक्रिया

One thought on “ढुलमुले माओवादीको समग्र पराजय, अवसरवादविरोधी संघर्षको विजय

  1. एमाले सरकारबाट बाहिर भएकोमा कार्यकर्तालाई भन्दा धेरै चिन्ता नेपाल प्रेसलाई देखियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *