शाह सरकारलाई विश्वासको मत नदिने एमाले संसदीय दलको निर्णय – Nepal Press

शाह सरकारलाई विश्वासको मत नदिने एमाले संसदीय दलको निर्णय

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने सुदूरपश्चिम एमाले संसदीय दलले निर्णय गरेको छ ।

संसदीय दलको कार्यालयमा सबेको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने निर्णय गरेको एमाले प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले जानकारी दिए ।

उनका अनुसार एमालेले शाहलाई विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

२६ माघमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज विश्वासको मत लिँदै छन् । आज माओवादी र कांग्रेसले पनि संसदीय दलको बैठक बोलाएका छन् ।

हिजो माओवादीले यथास्थितिमा विश्वासको मत दिन नसकिने जनाएको थियो । नागरिक उन्मुक्तिले पनि लिखित सहमति नभए विश्वासको मत दिन नसकिने बताएको छ । आज १ बजे मुख्यमन्त्रीले विश्वासको मत दिएका छन् ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सांसदले उनलाई विश्वासको मत लिने निश्चित छ ।

त्यस बाहेक नागरिक उन्मुक्ति र माओवादी मध्ये एक ले विश्वासको मत दिए पनि शाह सरकार जोगिन्छ । दुवैले विश्वासको मत नलिए आजै सरकार ढल्ने छ ।

स्रोतका अनुसार माओवादी विश्वासको मत लिन लचिलो भएको छ ।तर, निर्णय भने गरिसकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर