मोरङ कांग्रेस सभापतिका स्वकीयलाई प्रदेश सहमहान्त्रीसहितको टोलीले गर्‍यो हातपात (भिडिओ) – Nepal Press

मोरङ कांग्रेस सभापतिका स्वकीयलाई प्रदेश सहमहान्त्रीसहितको टोलीले गर्‍यो हातपात (भिडिओ)

काठमाडौ । नेपाली कांग्रेस मोरङका सभापति तथा मोरङ १ का प्रतिनिधिसभा सदस्य डिगबहादुर लिम्बूका स्वकीय सचिव साजन कुँवरलाई कांग्रेस कोशी प्रदेश समितिका सहमहामन्त्री खड्ग फागोको टोलीले आक्रमण गरेको छ ।

उर्लाबारी बहुमुखी क्याम्पसको हातामा प्रवेश गरेर फागो, उनका ज्वाइँ नाता पर्ने प्रेम लिम्बू, भतिजा कमानसिंह फागो तथा दुर्गा फागोलगायतले गुन्डागर्दी शैलीमा हातपात गरेको पीडितले बताएका छन् ।

स्नातक चौथो वर्षका विद्यार्थी कुँवरमाथि नेविसंघको क्याम्पस इकाई समिति गठनको विषयलाई लिएर कुटपिट भएको बताइएको छ । कुटपिटको विरोधमा सोमबार क्याम्पस बन्दको घोषणासमेत गरिएको छ ।

यस अगाडि उर्लाबारी नगरपालिकाका मेयर रहेका फागो यसअघि पनि कुटपिटको विभिन्न घटनामा विवादमा आइरहेका नेता हुन् । कोभिड-१९ को लकडाउनताका साइकलमा सवार युवालाई भाटा हानेर पनि उनी विवादित बनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर