मिटरब्याजी श्याम परदेशीलाई धरौटीमा छाड्न विशेष अदालतको आदेश – Nepal Press

मिटरब्याजी श्याम परदेशीलाई धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौं । सर्लाहीका कुख्यात मिटरब्याजी श्याम परदेशी भनिने श्यामकृष्ण शाहलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने विशेष अदालतले आदेश गरेको छ ।

श्रीकान्त पौडेल, सालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले आइतबार उक्त आदेश गरेको हो ।

सम्पत्ति शुद्धीकरण विभागले मुद्दा दर्ता गरेपछि परदेशी अदालतमा हाजिर भएका थिए । त्यसपछि अदाललते थुनछेक आदेश सुनाएको हो ।

विभागले परदेशीविरुद्ध ३ करोड २० लाख ९२ हजार ६ सय ५८ र उनकी श्रीमती मञ्जु देवीविरुद्ध ६५ लाख ६५ हजार ३ सय ५५ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर