झलनाथ भेट्न डल्लु पुगे रामचन्द्र – Nepal Press

झलनाथ भेट्न डल्लु पुगे रामचन्द्र

काठमाडौं । राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले सक्रियता बढाएका छन् ।

आगामी फागुन २५ गते हुन गइरहेको निर्वाचनमा राष्ट्रपति पदका उम्मेदवार एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सक्रियता बढाएका हुन ।

राष्ट्रपतिका उम्मेदवार पौडेलले नेकपा ९एकीकृत समाजवादी० का सम्मानित झलनाथ खनालसँग आज बिहान भेट गरेर आफ्नो पक्षमा मत मागेका छन् । नेता खनाललाई भेट्न वरिष्ठ नेता पौडेल खनाल निवास डल्लु पुगेका थिए ।

आठ दलको साझा उम्मेदवार पौडेल र खनाल बिचको भेटका क्रममा दुई नेताबीच समसामयिक राजनीतिक विषय र राष्ट्रपति निर्वाचनका बारेमा छलफल भएको नेता पौडेलको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर