होलीको दिन झन्डै २६ सय सवारी चालकमाथि कारबाही
नेपाल प्रेस
२०७९ फागुन २३ गते ७:१५
काठमाडौं । ट्राफिक प्रहरीले नियम उलङ्घन गरेको कसुरमा हिजो मात्रै २ हजार ५ सय ५६ सवारी चालकलाई कारबाही गरेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार यसरी मादक पदार्थ सेवन गर्ने ४ सय २६ जना रहेका छन् भने लेन अनुशासन उलङ्घन गर्ने ९ सहित २ हजार ५ सय २६ जना सवारी चालकलाई कारबाही गरिएको हो ।
यसै गरी, रेड लाइट उलङ्घन गर्ने ६१, अनावश्यक हर्न बजाउने १४, स्पष्ट नदेखिने नम्बर प्लेटसहित हिँड्ने २७, अत्यधिक गतिमा सवारी चलाउने (लिडार गन) १०४ र अन्य गरी १९९५ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर