एक लाख धरौटी तिरेर छुटे डिल्लीराम खनाल
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरको उजुरीमा पक्राउ परेका भाइरलम्यान डिल्लीराम खनाल धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतको आदेशमा एक लाख धरौटी तिरेर उनी हिजो छुटेका हुन् ।
युट्यूवको एक अन्तरवार्तामा आफ्नो चरित्रहत्या हुने किसिमले अभिव्यक्ति दिएको भन्दै करिश्माले खनालमाथि साइबर क्राइममा उजुरी दिएकी थिइन् । उनलाई गत फागुन ५ गते प्रहरीले पक्राउ गरेको थियो । गत आइतबार खनालविरुद्ध जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरिएको छ ।
सरकारी वकिलको कार्यालयको अभियोगपत्रमा एक लाख जरिवाना र पाँच वर्ष कैद सजायको माग गरिएको छ । जिल्ला अदालतले उनलाई धरौटीमा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।