नुहाउन गएका दुई बालकको नहरमा डुबेर मृत्यु
नेपाल प्रेस
२०७९ फागुन २४ गते ७:३३
रूपन्देही । बाँकेको कोहलपुरस्थित नहरमा डुबेर मंगलबार दुई बालकको मृत्यु भएको छ ।
मृतक बालकहरू कोहलपुर-१२ चप्परगौडीका दीपज्योति बोर्डिङ स्कुलमा अध्ययन गर्ने १५ वर्षीय मनसुन बराल र ज्ञानज्योति स्कुलमा पढ्ने ९ बर्षीय अनिल भट्टराई रहेको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताएका छन् ।
होली खेलेर नुहाउन गएका उनीहरू नहरमा डुबेपछि प्रहरीले उद्धार गरेर कोहलपुर मेडिकल कलेज पुर्याएकोमा उपचारको क्रममा उनीहरूको मृत्यु भएको हो ।
नुहाउन गएका पाँचजनामध्ये दुई बालक डुबेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया
सम्बन्धित खवर