रास्वपा बैठक जारी, रामचन्द्रको पक्षमा उभिने तयारी ! – Nepal Press

रास्वपा बैठक जारी, रामचन्द्रको पक्षमा उभिने तयारी !

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि मतदान जारी रहँदा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी रहेको छ ।

स्रोतका अनुसार रास्वपाले राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्ने तयारी गरेको छ ।
रास्वपाका प्रतिनिधि सभामा १९ सांसद मतदाता छन् ।

बैठकमा सहभागी कतिपय नेताहरूले मतदानमा भाग नलिने वा ह्विप नलगाई स्वविवेक प्रयोग गर्न दिनेबारे पनि छलफल चलाएका छन् ।

संसद्को पाँचौँ ठूलो दल राप्रपाले मतदानमा भाग नलिने निर्णय गरिसकेको छ भने नेपाल मजदुर किसान पार्टीले पनि निर्वाचनमा सहभागिता नजनाउने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर