रास्वपाको समर्थनपछि रामचन्द्रले भने- अब राष्ट्रिय सहमति भयो – Nepal Press

रास्वपाको समर्थनपछि रामचन्द्रले भने- अब राष्ट्रिय सहमति भयो

काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेलले लगभग राष्ट्रिय सहमति भएको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो पक्षमा उभिने निर्णय गरेपछि उनले यस्तो बताएका हुन् ।

मतदानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले भने, ‘अब राष्ट्रिय सहमति भयो । लगभग राष्ट्रिय सहमतिमा पुगियो । अब निर्वाचनको परिणामको प्रतीक्षामा छौं ।’

उनले राष्ट्रलाई सहि दिशातिर अगाडि लानको लागि राष्ट्रिय एकता कायम गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । पौडेलसँग एमालेका सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर